देशमा कोरोनाभाइरसका नयाँ के सहरूमा लगातार उछाल भइरहेको छ । यसैबीच कांग्रेस महासचिव प्रियंका गान्धी वाड्राको परिवारका एक सदस्य र उनका एक कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ। प्रियंका गान्धीको रिपोर्ट नेगेटिभ आएको छ । तर, उनी आइसोलेसनमा छन्।
प्रियंका गान्धीले सोमबार ट्रीट गर्दै यो जानकारी दिएकी हुन् । प्रियंका गान्धीले हिजो आफ्नो ट्रीटमा भनिन्, मेरो परिवारका एक सदस्य र मेरो एक कर्मचारीलाई हिजो कोभिड – १९ पोजिटिभ भेटिएको छ । मेरो परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। तर, डाक्टरले मलाई आइसोलेसनमा बस्न र फेरि केही दिन पछि परीक्षण गर्न भनेका छन्। स्मरणरहोस्, कोरोना भाइरसका केसहरू फेरि बढेका छन् । केही दिन अघिसम्म ६ हजारको हाराहारीमा आउने नयाँ संक्रमितको संख्या आज ३७ हजार नाघेको छ। योसँगै देशमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका केस पनि बढिरहेका छन्।
भर्खरै १४ शहरहरू उल्लेख गर्दै, केन्द्रले महाराष्ट्र, दिल्ली, पश्चिम बंगाल लगायत ८ राज्यहरूलाई पत्र लेखेर छिटो कदम चाल्न आग्रह गरेको छ। केन्द्रले सबै राज्यहरूलाई सतर्क रहन र आवश्यक कदम चाल्न भनिएको छ।