न्यूजील्याण्डको पहिलो इनिङ्ग्स ३२८ रनमा समाप्त बङ्ग्लादेशको लड़ाइँ जारी

बङ्ग्लादेशले गत केही सालमा विदेशी माटोमा आफ्नो दिनको सर्वश्रेष्ठ प्रदर्शन गर्दै आइतवार न्यूजील्याण्ड विरुद्ध पहिलो टेस्ट म्याचको दोस्रो दिन लड़ाई जारी राख्यो । | बङ्ग्लादेशले न्यूजील्याण्डको अन्तिम पाँच विकेट ७० रनभित्र हासिल गरी आयोजक टोलीको पहिलो इनिङ्ग्स ३२८ रनमा समेट्यो। त्यसपछि दोस्रो दिनको खेल समाप्त हुँदासम्म आफ्नो पहिलो इनिङ्ग्समा २ विकेटको नोक्सानमा १७५ रन बटुल्यो। ओपनिङ्ग व्याटर महमूदुल हसन जय (अविजित ७०) र नजमुल हुसेन शान्तो (६४) – | ले दोस्रो विकेटको निम्ति १०४ रनको साझेदारी गरे। दिनको खेल समाप्त हुँदासम्म कप्तान मोमीनुल हक अविजित ८ रन बनाएर महमूदुलसँग क्रीजमा थिए। शान्तोले आफ्नो १२औं टेस्टमा दोस्रो अर्द्धशतक बनाए । उनले दुईवटा शतक पनि बनाइसकेका छन् । दोस्रो टेस्ट खेलिरहेका महमूदुलको यो पहिलो अर्द्धशतक हो । बङ्ग्लादेशको टोली अहिले पहिलो इनिङ्ग्सको | आधारमा १५३ रन पछि रहेको छ जबकि उनीहरूसँग हातमा आठ विकेट रहेको छ। | महमूदुलले शादमान इस्लाम (२२) सँग मिलेर पहिलो विकेटको निम्ति ४३ रन योग गरी टोलीलाई सतर्क शुरुवात दिलाए । यी दुईले १८ ओभरसम्म न्यूजील्याण्डका बलरहरूलाई सताए। यसले गर्दा नयाँ बलको चमक समाप्त भयो अनि पछि आउने ब्याटरहरूलाई खेल्न धेरै सुविधा भयो ।

शनिवार न्यूजील्याण्डको तर्फबाट डेवोन कनवेले १२२ रन बनाएर चौथो टेस्टमा आफ्नो दोस्रो शतक दर्ता गरेका थिए तर आज टोलीको तल्लो क्रम असफल रह्यो । पहिलो दिन अविजित रहने हेनरी निकोल्स ७५ रन बनाएर आउट हुने अन्तिम ब्याटर रहे। देब्रे हातका पेस बलर शरीफुल इस्लाम (६३ रनमा ३ विकेट ) – ले अलराउण्डर रचिन रविन्द्र (०४ ) – लाई पभेलियन पठाए जबकि अफ् स्पिनर मेहदी हसन मिराज (८६ रनमा ३ विकेट) ले काइल जेमिसन (०६), टिम साउदी (०६) र नील वेनर (शून्य) – लाई आउट गरे मोमीनूलले आफ्नो पार्ट टाइम स्पिन बलिङ्गद्वारा कनवे र निकोल्सलाई आउट गरे। उनले ६ रन खर्च गरी २ विकेट लिए। बङ्ग्लादेशलाई लञ्च अघि महमूदुल र शादमानले धक्का लाग्न दिएनन् ।

दोस्रो सत्रमा पनि उनीहरूल पहिलो घण्टामा झैं न्यूजील्याण्डका बलरहरूलाई सफलता हासिल गर्न दिएनन् । ड्रिङ्क्स ब्रेकपछि चाहिँ शादमान पहिलो बलमै नील वेग्नर (२७ रनमा २ विकेट) को शिकार बने। वेग्नरले पछिबाट महमूदुल र नजमुलबीचको साझेदारी पनि तोड़े। नजमुलले १०९ बल खेलेर सातवटा चौका र एउटा छक्का लगाए। यसरी नै महमूदुलले २११ बल खेलेर आफ्नो इनिङ्ग्समा सातवटा चौका लगाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *