भारतमा थप झण्डै २३ हजार नयाँ सङ्क्रमित

 भारतमा कोरोनाभाइरसबाट थप झण्डै २३ हजार नयाँ  सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार पछिल्लो  २४ घण्टामा २२ हजार ७७५ नयाँ सङ्क्रमित भएका हुन् । सोही अवधिमा कोरोनाका कारण ४०६ को मृत्यु भएको पनि भारतको केन्द्रीय  स्वास्थ्य मन्त्रालयले जनाएको छ । नयाँ सङ्क्रमितमध्ये एक हजार ४३१ जनालाई  भने ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको अधिकारीले जनाएका छन् ।
 भारतमा अहिलेसम्म २३ राज्यमा ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको र यो  फैलिने क्रम तीव्र भएको उनीहरुको भनाइ छ । ओमिक्रोनबाट सबैभन्दा बढी  प्रभावित महाराष्ट्र राज्य रहेको छ । त्यसपछि धेरै केन्द्रीय राजधानीसमेत  रहेको दिल्ली राज्यमा ओमिक्रोनका सङ्क्रमित भेटिएका छन् ।

 भारतमा पछिल्लो एक दिनमा आठ हजार ९४९ कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका  छन् । योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या तीन करोड ४२ लाख ७५  हजार ३१२ पुगेको छ । मन्त्रालयका अनुसार भारतमा अहिले एक लाख चार हजार ७८१  जना सङ्क्रमित अवस्थामै रहेका छन् ।
By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *