कोभिड ओमिक्रोन: दिल्लीमा रात्रिकालीन कर्फ्यु

भारतको राजधानी नयाँ दिल्लीमा कोरोनाभाइरसको सङ्क्रमणमा निरन्तर वृद्धि देखिएको भन्दै राज्य सरकारले सोमवारबाट पुनः रात्रिकालीन कर्फ्यु लगाउने निर्णय गरेको छ। ओमिक्रोन भेरिअन्टसँग जोडिएका सङ्क्रमणका घटना वृद्धि भएपछि यस्तो घोषणा गरिएको हो। दिल्ली सरकारले राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको हो। यो निर्णय सोमवारबाटै लागु हुनेछ। पछिल्लो २४ घण्टामा दिल्लीका २९० जना नयाँ सङ्क्रमणका घटना पुष्टि भएको थियो।

उक्त सङ्ख्या पछिल्लो छ महिनायताकै सर्वाधिक भएको बताइएको छ। पछिल्लो २४ घण्टामा दिल्लीमा एक जनाको मृत्यु भएको थियो। त्यहाँ सक्रिय सङ्क्रमितको सङ्ख्या ११ सयभन्दा बढी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *