भारतमा ओमिक्रोनको खतराको घन्टी, २४ घन्टामा मात्र भेटिए ३५८ ओमिक्राेन संक्रमित

भारतमा पछिल्लो २४ घन्टामा कोरोनाभाइरस संक्रमितको थपिएको संख्या मात्र ६ हजार ६ सय ५० रहेको छ । यही समयमा ३ सय ७४ जनाको कोरोनाभाइरसका कारण निधन पनि भएको छ । 

कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले भारतमा खतराको घन्टी बजाएको छ । ओमिक्रोनका संक्रमित भारतमा अब एकै दिनमा सयौँ भेटिन थालेका छन् । 

पछिल्लो २४ घन्टामा भारतमा ओमिक्रोनका ३ सय ५८ जना संक्रमित भेटिएको बताइएको छ । 

यसका साथसाथै भारतमा अहिलेसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३ लाख ४७ हजार पुगेको छ । अनि अहिलेसम्म भारतमा कोरोनाका कारण ४ लाख ७९ हजारले ज्यान गुमाएका छन् । भारतमा अहिलेसम्म एक अर्ब ४० करोडभन्दा धेरैले कोरोनाविरुद्धको भ्याक्सिन लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *