मुम्बईको २० तले भवनमा आगलागी, ७ जनाको मृत्यु

भारतको मुम्बईको तारदेव भाटिया अस्पताल नजिकै रहेको २० तले भवन कमलाको १८ औं तलामा शनिबार बिहान आगलागी भएको छ।

बहन्नमुम्बई म्युनिसिपन कर्पोरेसनले  यो घटनामा सात जनाको मृत्यु भएको बताएको छ।भारतीय सञ्चारमाध्यमहरूका अनुसार यो घटनामा परी घाइते भएका १५ जना मानिसलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ।समाचारमा उल्लेख गरिएअनुसार २० तले भवनको १८ औं तलामा उक्त आगलागी भएको थियो। अहिले उद्धारको कार्य चलिरहेको समाचारमा उल्लेख छ।

अहिलेसम्म आगलागीको कारण भने खुलेको छैन। मुम्बईकी मेयर किशोरी पेडनेकरले घटनास्थलको भ्रमण गर्दै आगलागी नियन्त्रणमा आएको र अझै पनि भवनबाट धेरै धुवाँ निस्किरहेको उल्लेख गरेकी छिन्।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *