बंगलादेशको राजधानी ढाकामा भएको विस्फोटमा परी १४ जनाको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएका छन्

बंगलादेशको राजधानी ढाकाको गुलिस्तान क्षेत्रमा भएको बम विस्फोटले सबैलाई स्तब्ध बनाएको छ । स्रोतका अनुसार १४ जनाको मृत्यु भएको छ भने करिब १०० जना घाइते भएका छन्, उनीहरुलाई तत्कालै ढाका मेडिकल कलेज अस्पतालमा लगिएको छ ।

मंगलबार दिउँसो ४ बजेतिर उक्त दुर्घटना भएको हो । घटनास्थलमा करिब ११ वटा दमकल पुगेका छन् र उद्धार कार्य जारी छ ।

सात तले भवनको आधार तल्लामा रहेको सरसफाई उपकरण बिक्री गर्ने पसलमा विष्फोट भएको हो । पसल सिद्दिकी बजारमा थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *