पछिल्ला 12 घण्टामा 12 पल्ट भूकम्प सिक्किममा

पश्चिम सिक्किमको गेजिङ क्षेत्रमा लगभग 10 किलोमिटर गहिराइमा भूकम्पको केन्द्रबिन्दु रहेको थियो। सिक्किमसितै दार्जीलिङ, कालेबुङ, सिलगढ़ी अनि जलपाइगढ़ीका विस्तृत क्षेत्र थर्कमान बने। बिहीवार मध्य रातिदेखि शुक्रवार दिउँसोसम्म 12 घण्टाभित्र सिक्किममा कम्तीमा 12 पटक भुइँचालोको कम्पन अनुभव गरिएको छ। उत्तर बङ्गालका विभिन्न जिल्लाहरूमा पनि भूकम्प अनुभव गरियो। तर हालसम्म क्षति वा मानवीय क्षतिको कुनै समाचार प्राप्त भएको छैन।
शुक्रवार राति 1 बजेर 9 मिनट जाँदा सिक्किमको उत्तरदेखि दक्षिण र पूर्वदेखि पश्चिमसम्म भुइँचालोको कम्पन अनुभव गरियो। रिक्टर स्केलमा कम्पनको तीव्रता 4.5 मापन गरिएको थियो। पश्चिम सिक्किमको गेजिङ क्षेत्रमा जमीनदेखि लगभग 10 किलोमिटर गहिराइमा भूकम्पको केन्द्रबिन्दु रहेको थियो। सिक्किमसितै दार्जीलिङ, कालेबुङ, सिलगढ़ी अनि जलपाइगढ़ीका विस्तृत क्षेत्र प्रभावित भए। असम, नेपाल र चीनमा पनि कम्पन अनुभव गरियो। मध्य रातमा यस राज्यको पहाड़देखि तराईसम्म त्रासको वातावरण सिर्जना भएको थियो। त्यसपछि सिक्किम राज्यमा थप 11 पटक भूकम्प गएको छ।
राति 1 बजेर 15 मिनट जाँदा गान्तोकदेखि 10 किलोमिटर टाढ़ा कम्पन उत्पन्न भएको थियो। त्यति बेला रिक्टर स्केलमा तीव्रता 3.1 मापन गरिएको थियो। त्यसपछि फेरि राति 2 बजेर 3 मिनट जाँदा सिक्किमको मङ्गनमा भूकम्प अनुभव गरियो। रिक्टर स्केलमा तीव्रता 2.5 थियो। राति 2 बजेर 20 मिनट जाँदा पुनः सिक्किममा भुइँचालोको कम्पन अनुभव गरियो। केन्द्रबिन्दु सिक्किमको नाम्चीमा रहेको थियो। रिक्टर स्केलमा तीव्रता 3.9 मापन गरिएको थियो। राति 2 बजेर 43 मिनट जाँदा नाम्ची पुनः हल्लियो। नाम्चीदेखि 5 किलोमिटर गहिराइमा केन्द्रबिन्दु रहेको थियो। रिक्टर स्केलमा तीव्रता 2.4 थियो। राति 2 बजेर 56 मिनट जाँदा पुनः मङ्गनमा कम्पन अनुभव गरियो। पाँच किलोमिटर गहिराइमा केन्द्रबिन्दु रहेको थियो। रिक्टर स्केलमा तीव्रता 2.4 थियो। राति 2 बजेर 59 मिनट जाँदा मङ्गनको पाँच किलोमिटर गहिराइमा भूकम्पको केन्द्रबिन्दु रहेको थियो। रिक्टर स्केलमा तीव्रता अझ मन्द 2.5 थियो। राति 33 बजेर 11 मिनट जाँदा पुनः भूकम्प गयो। रिक्टर स्केलमा तीव्रता 4 मापन गरिएको थियो। 3 बजेर 36 मिनट जाँदा रिक्टर स्केलमा तीव्रता 2.8 थियो। मङ्गनको पाँच किलोमिटर गहिराइमा केन्द्रबिन्दु रहेको थियो। 3 बजेर 52 मिनट जाँदा तथा बिहान 4 बजेर 57 मिनट जाँदा मङ्गनमा फेरि भूकम्प गयो। बिहान 5 बजेर 29 मिनटमा नाम्चीको पाँच किलोमिटर गहिराइमा भूकम्पको केन्द्रबिन्दु रहेको थियो। रिक्टर स्केलमा तीव्रता 2.9 मापन गरिएको थियो। पहिलो भूकम्पको तुलनामा त्यसपछिका कम्पनहरू अपेक्षाकृत मन्द थिए तर नेपाल र चीनमा पनि अनुभव गरियो।

By Paromita