१७ वर्षीय गायिकाले अभिनेता पल शाहविरुद्ध बलात्कारको मुद्दा दायर गरेकी छिन्

चर्चित किशोर गायिकाले अभिनेता पल शाह (पूर्णविक्रम शाह) विरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको केस गरेकी छिन् । १७ वर्षीया गायिकाले शाहले प्रेमको बहानामा जबरजस्ती करणी गरेको आरोप लगाउँदै बलात्कार मुद्दा दायर गरेकी हुन् । प्रहरीका अनुसार मुद्दामा कानुनी प्रक्रिया अघि बढाइएको छ । पल शाहले नाबालिगलाई विवाह गर्ने झूटो आश्वासन दिएर बलात्कार गरेको आरोप लागेको छ । पीडित युवतीले आफूलाई ‘प्रेम’मा फसाउन शाहले विवाह गर्ने वाचा गरेको दाबी गरेकी छन् ।

पलले चाही पीडितलाई कसैले आफ्नो छवि बिगार्ने र करियरमा हानि पुर्याउन उक्साएको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जालमा आफू निर्दोष भएको दाबी गर्दै लामो स्टेटस पनि पोस्ट गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *