सिक्किमका शिक्षकहरूले सरकारले दिएको नयाँ अन्तरवार्ता लिने निर्णयको विरोध प्रदर्शन गरे

गत वर्ष नियुक्ति पाएका ८०० वटा एड एचओसी शिक्षकहरूको ठुलो संख्याले सिक्किम सरकारले उनीहरूको जागिर जारी राख्नको लागि नयाँ अन्तर्वार्ता लिने निर्णयको विरोधमा सोमबार गंगटोकको ताशीलिंग सचिवालयको अगाडि भेला भएर प्रदर्शन गरे। राज्यका विभिन्न भागबाट आएका आन्दोलनकारी शिक्षकहरूले सोमबार जारी गरिएको नयाँ अन्तर्वार्ता लिने आदेश आज राती फिर्ता लिने माग गरे। र यदि उनीहरुको माँग सरकारले नामानेको खण्डमा उनीहरूले आगामी केही दिनभित्रै भावी कार्यवाहीको बारेमा सामूहिक रूपमा निर्णय गर्ने कुरा गरे।


आक्रोशित शिक्षकहरूले भने कि उनीहरू शिक्षा विभागले गरेको अन्तर्वार्ता प्रक्रियामा गएर नियुक्त भएका थिए र सरकारले उनीहरूलाई फेरि अन्तर्वार्ता लिन आग्रह गर्नु सरकारी पक्षमा उचित होइन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *