विद्युत् निर्यात गर्ने प्रक्रियामा नेपाल ‘पहिलो पटक’ सहभागी

जलस्रोतको प्रचुर सम्भावना रहेको नेपालमा उत्पादित विद्युत् निर्यातका लागि पहल अघि बढाइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम एनभीभीएनमार्फत् विद्युत् उपलब्ध गराउन आह्वान गरिएको टेन्डर प्रक्रियामा प्राधिकरण पनि सहभागी रहेको प्रवक्ता मदन तिम्सिनाले जानकारी दिए।

प्राधिकरण २५ मेगावाट विद्युत् निर्यात गर्ने प्रस्ताव सहित टेन्डर प्रक्रियामा सहभागी भएको उनले बताए। प्राधिकरणसँग जुन अतिरिक्त विद्युत् बाँकी रहन्छ त्यसलाई निर्यात गर्ने गरी पहिलो पटक विद्युत् नियमन आयोगसँग अनुमति लिएर २५ मेगावाट बिक्री गर्ने गरी प्रक्रिया अघि बढाएका हौँ,” तिम्सिनाले भने।

टेन्डर आह्वान अनुरूप सहमति हुन सकेको अवस्थामा मे महिनादेखि पाँच महिनालाई विद्युत् बेच्ने तयारी प्राधिकरणको छ।

प्राधिकरणले ४०० किलोभोल्टको ढल्केबर-मुजफ्फरपुर अन्तर्देशीय प्रसारण लाइनमार्फत् विद्युत् बेच्ने तिम्सिनाले बताए।

“यो नेपालको लागि नयाँ हो, पहिलो हो, त्यसकारण परीक्षण जस्तै गरेर अघि बढ्ने छ,” उनले भने।

प्राधिकरणले भारतबाट विद्युत् किनिरहेको मूल्यलाई नै आधार मानेर बिक्रीको प्रस्ताव गरेको बताइएको छ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *