म्यानमारका 39 सेनाका जवान सहित करिब 5 हजार नागरिक सोमबार भारतम प्रवेश गरेका छन्

5 हजार म्यानमारका नागरिकसहित छिमेकी मुलुकका 39 सेनाका जवान पनि सोमबार साँझ भारत प्रवेश गरी मिजोरम प्रहरीसमक्ष जोखाथारमा आत्मसमर्पण गरेका छन् । विद्रोही सङ्गठन र सेनाबीच भएको गोली हानाहान र त्यसपछि सीमावर्ती भारतीय पक्षका दुई गाउँमा बम विष्फोट भएपछि उनीहरु आइतबार रातिदेखि भारत प्रवेश गरेका हुन् । मिजोरमका प्रहरी अधिकारीहरूका अनुसार पिपुल्स डिफेन्स फोर्स, चिनल्याण्ड डिफेन्स फोर्स र चिन नेशनल आर्मी जस्ता विद्रोही संगठनका कार्यकर्ताहरूले आइतवार राति मिजोरमको चम्फई जिल्लाको जोखावथर नजिक रहेको गाउँ रिहखावदार र खवामावीमा म्यानमारको सेनाको चौकीमा आक्रमण गरेका थिए। रातभरि जारी रहेको जवाफी गोलाबारीले गर्दा त्यहाँका बासिन्दाहरू दुवै देशको सीमाङ्कन गर्ने टिआउ नदी पार गरेर भारततर्फ भागेका थिए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *