मेलम्ची आयोजनाबाट काठमाण्डू उपत्यकामा भइरहेको खानेपानी आपूर्तिमा कस्तो असर पर्छ?

आवश्यक निर्माणका कार्यहरू पूरा भएको भन्दै गएको फाल्गुन १० गतेबाट मेलम्ची नदीको पानीलाई अस्थायी बाँध बनाएर काठमाण्डूमा ल्याइएको थियो। तर गत मङ्गलवार बिहान प्राविधिक निरीक्षणका लागि सुरुङ बन्द गरी सुन्दरीजलबाट पानी खाली गर्न थालिएको थियो। त्यही दिन सिन्धुपाल्चोकमा आएको बाढीले अम्बाथानस्थित ‘हेडवर्क्स’ भनिने व्यवस्थित पानी पसाउन बनाइएको संरचनावरपर क्षति पुर्‍याएको छ। स्थलगत अवलोकनका लागि जान सकिएको छैन किनभने सबै सडक र पुल बगाएको छ। हेलिकप्टर र ड्रोनको मद्दतले माथिबाट हेर्दा हेडवर्क्सको संरचना आफ्नै ठाउँमा पानीमुनि डुबेको अवस्थामा छ।” “बायाँपट्टिको रिटेनिङ पर्खाल देखिँदैन। निर्माण व्यवसायी र श्रमिकका शिविर र सामान राख्ने ठाउँ सबै बगाएको छ।”

दुई दशक समय र ३५ अर्ब रुपैयाँ खर्च गरिएको मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य लगभग सम्पन्न हुन लाग्दा उक्त राष्ट्रिय गौरवको आयोजना प्राकृतिक विपद्को मारमा परेको हो। केही महिनादेखि आयोजनाले सुरुङको परीक्षण गर्ने क्रममा काठमाण्डूमा पानी वितरण गरिरहेको थियो। परीक्षण सम्पन्न गर्ने क्रममा सुरुङलाई बन्द गरेर भित्रको पानीलाई सुन्दरीजलबाट बाहिर फ्याँल्ने र प्राविधिक निरीक्षण गरेर निर्माण कार्यलाई पूर्णता दिने कार्यतालिका बनाइएको थियो।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *