भारत र बंगलादेशको सिमानामा कूचबिहारमा बीएसएफको गोली लागेर तस्करको मृत्यु भएको छ

भारत–बंगलादेश सीमामा बीएसएफको गोली लागेर फेरि तस्करको मृत्यु भएको छ । भारत–बंगलादेश सीमा माथाभाङ्गा १ ब्लकको बैरागिरहाट क्षेत्रमा बीएसएफले मुठभेडका क्रममा एक तस्करलाई मारेको छ । प्रहरी स्रोतका अनुसार गए राति बैरागिरहाटको चोङ्गरखाटा खगरीबाडी नाकामा तस्करहरुको समूह भेला भएको थियो । यी मानिसहरूले सीमामा तैनाथ बीएसएफमाथि आक्रमण गरे, जवाफमा बीएसएफ जवानहरूले तस्करहरूलाई गोली हाने जसमा एक तस्करको मृत्यु भयो। प्रहरी स्रोतका अनुसार तस्करको साथबाट एउटा मोबाइल फोन र दुईवटा बंगलादेशी सिमकार्ड बरामद भएको छ ।
माथाभाङ्गाका अतिरिक्त प्रहरी उपरीक्षक अमित वर्माका अनुसार आज बिहान भारत–बंगलादेश सीमाको बैरागिर हाट क्षेत्रमा केही तस्करहरु जम्मा भएर बंगलादेशतर्फबाट भारत प्रवेश गर्न खोजिरहेका थिए । त्यसपछि तस्करहरूले बीएसएफ जवानहरूलाई आक्रमण गर्ने प्रयास गरे। बीएसएफले तीन राउण्ड फायर गरेको थियो। यस घटनामा एक तस्करको मृत्यु भएको छ । बिहीबार बिहान शव बरामद गरी पोस्टमार्टमका लागि पठाइएको थियो ।

मृतकको साथबाट एउटा मोबाइल फोन र दुईवटा बंगलादेशी सिमकार्ड बरामद भएको छ । सुरुमा उनी बंगलादेशका बासिन्दा भएको खुलेको भएपनि मृतकको पूर्ण पहिचान खुल्न सकेको छैन । प्रहरीले सबै घटनाको अनुसन्धान सुरु गरेको छ ।

By Nandita Das

Leave a Reply

Your email address will not be published. Required fields are marked *