भारतको स्वास्थ्य तथा परिवार कल्याणका मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ४५ हजार ३ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ । जुन कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी संक्रमितको संख्या हो । भारतमा कोरोना संक्रमण तीव्र रुपमा फैलिरहँदा कोरोनाको दोस्रो लहर सुरु भएको भन्दै नेपालले पनि उच्च सर्तकता अपनाउनुपर्ने विज्ञहरुको सुझाव छ । उनले कोरोना संक्रमणको पहिलो लहरका बेला समुदाय र स्वास्थ्य केन्द्रहरूमा अत्यन्त धेरै अनावश्यक एन्टिबायोटिकको प्रयोग भएको र विगत केही महिनामा धेरै खालका एन्टिबायोटिक रेसिस्टेन्ट (एन्टिबायोटिक थेग्न सक्ने, एन्टिबायोटिकले नमर्ने खालका) ब्याक्टेरिया स्वास्थ्य केन्द्रहरूमा व्यापक रूपमा फैलिएको बताउँछन् । डा. सुवेदीले कोभिडले बढी सिकिस्त बनाएका व्यक्तिहरूमा देखिने ब्याक्टेरियल निमोनियालाई नेपालमा हाल उपलब्ध एन्टिबायोटिकले उपचार गर्न अत्यन्त कठिन हुन थालेको पनि स्पष्ट पारे । उनले पछिल्लो समय बढी देखिएको वायु प्रदुषणले दीर्घरोगी तथा अरु सामान्य व्यक्तिहरुको श्वासप्रश्वास प्रणालीमा असर पारेको बताए । डा सुवेदी भन्छन्–‘ श्वासप्रश्वास प्रणाली अस्वस्थ भएको बेला कोभिड पनि लागेमा थप जोखिम हुन्छ ।’
Related Posts
फ्रान्सका राष्ट्रपतिले खाए जनताको थप्पड
- Editor
- June 9, 2021
- 0
राष्ट्रपति इमानुएल म्याँक्रो दक्षिणी फ्रान्सको भ्रमणका क्रममा जाँदा एक जनाताबाट उनले डप्पड खानुपरेको हो । उनलाई हातपात भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। बाटोमा […]
सीसीएमसीद्वारा नेपाल-भारत यातायात सञ्चालन गर्न सिफारिस
- Editor
- March 18, 2021
- 0
कोभिड १९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)ले नेपाल-भारत यातायात सञ्चालन गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सीसीएमसीको बैठकले नेपाल र भारतबीचको यातायात […]
कोभ्याक्सले थाल्यो खोप वितरण
- Editor
- February 25, 2021
- 0
संयुक्त राष्ट्रसंघको कोभ्याक्स कार्यक्रमअन्तर्गत कोरोना भाइरसविरुद्धको खोप वितरण सुरु भएको छ । गरिब तथा अल्पविकसित मुलुकलाई लक्ष्य गर्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभ्याक्सअन्तर्गत खोप उपलब्ध […]