ब्रिटिश राजदरबारले ‘गलत समाचार फैलाएको’ मेगन मार्कलको आरोप

ब्रिटेनकी डचिस् अफ ससिक्सले ब्रिटिश राजपरिवारले उनी र उनका पति राजकुमार ह्यारी विरुद्ध गलत खबरहरू फैलाइरहेको हुनसक्ने बताएकी छन्।उनी महारानी एलिजाबेथकी कान्छी नातिनी बुहारी हुन्।

प्रसिद्ध अमेरिकी टेलिभिजन कार्यक्रम प्रस्तोता ओप्रा विन्फ्रेलाई दिएको एक भिडिओ अन्तर्वार्ताको एक अंशमा डचिस् मेगन मार्कलले ब्रिटिश राजपरिवारले उनी चुप लागेर बस्छिन् भन्ने अपेक्षा नगरेपनि हुने बताएकी छन्।उक्त अन्तर्वार्ता प्रसारण हुनअघि उनको त्यस्तो अभिव्यक्त रहेको भिडिओ क्लिप सार्वजनिक गरिएको छ।मेगन मार्कलले उनी केन्सिङ्गटन राजदरबारमा बस्दा त्यहाँका कर्मचारीहरूलाई डरधम्की देखाएको भन्ने आरोपका सम्बन्धमा छानबिन गरिने शाही अधिकारीहरूले बुधवार मात्र बताएका थिए। ओप्रा विन्फ्रेसँगको अन्तर्वार्ता रेकर्ड भैसकेपछि मात्रै मेगन मार्कल विरुद्ध लगाइएको अभियोगबारेका विवरणहरू सार्वजनिक भएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *