फिल्म ‘द इंटर्न’ हिन्दि रिमेकको निर्देशन् अमित शर्माले गर्नेछ

जब नयाँ फिल्मसंग सम्बन्धित समाचार आउँछ,तब फिल्मको स्टारकास्टको बारेमा चर्चा हुने गरेको छ, तर यस पटक स्टारकास्टको होइन निर्देशकको बारेमा ज्यदा चर्चा भई रहेको छ । हलिउड फिल्म ‘द इंटर्न’ को हिन्दी रीमेकमा दीपिका पादुकोण मुख्य भुमिकमा देखा पर्ने छिन् । यस फिल्मको निर्देशन् ‘बधाई हो’ निर्देशक अमित शर्माले गर्ने खबर अएको छ।
यस समयमा दीपिका र अमित दुवै आ आफ्नो प्रोजेक्टहरुमा व्यस्त छन्। अमित अहिले अजय देवगन अभिनीत फिल्म मैदानको शुटिंगमा व्यस्त छन्। अक्टुबरमा फिल्म रिलीज भएपछि, उनी नोभेम्बरदेखि द इन्टर्नको रीमेकको लागि शुटिंग गर्ने छन्, जबकि दीपिकाले शकुन बत्राको फिल्म पूरा गरिसकेपछि शाहरुख खान र जोन अब्राहमसँगै पठानको फिल्म पूरा गर्ने छन। जुन महिनामा पठानको शूटिंग पूरा गरिसकेपछि दीपिकाले नाग अश्विनको साइन्स फिक्शन फिल्मको लागि शुटिंग शुरु गर्नेछन्। यस फिल्ममा प्रभास र अमिताभ बच्चन पनि छन्। यी दुई फिल्म पछि, उनी इंटर्नको रीमेकमा काम गर्न थाल्ने छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *