“प्रोजेक्ट पॉसिबल” बाघको मुटु भएका निर्मल पुर्जाले नेतृत्व गरेको परियोजना

१४ पीक्स: नथिङ्ग इस इम्पॉसिबल टोरक्विल जोन्स द्वारा निर्देशित यो एउटा डक्यूमेण्ट्री हो जसले पर्वतारोहणको कठिनाइलाई सबैभन्दा रमाइलो तरिकाले दर्शाएको छ। “प्रोजेक्ट पॉसिबल” बाघको मुटु भएका निर्मल पुर्जाले नेतृत्व गरेको परियोजना हो र पर्वतारोहणको सन्दर्भमा यो परियोजना धेरै महत्त्वपूर्ण भएको छ।

यो प्रोजेक्ट केवल ६ महिना ६ दिनमा, ८००० मिटर भन्दा बढी १४ चुचुराहरू मापन गर्ने उनको रोमाञ्चक मिशनलाई डक्यूमेण्ट्री गर्ने प्रयास हो।

फिल्ममा हिमालको रमणीय सौन्दर्य अत्यन्तै सुन्दर छ र जोखिममा रहेका पर्वतारोहीको जीवनको नियमित सम्झनाले यस चलचित्रलाई अति रोमाण्चक बनाउँछ । डक्यूमेण्ट्रीमा हामी निर्मल पुर्जा जसलाई निम्स दाई भनिन्छ उनको टोलीको नेतृत्व गरिरहेको देख्छौं जसमा मिङ्मा डेभिड शेर्पा, गलजेन शेर्पा, गेस्मान तामाङ र जाङ्बु शेर्पा छन् ,जससँग हामी उहाँलाई भाइचाराको बन्धन बाँडेको देख्न सक्छौं र जसरी एउटा कान्छो भाइले आफ्नो जेठो दाज्यूलाई विश्वास गर्छ उनीहरुले निम्सलाई त्यसरी नै विश्वास गरेको हामी देख्न सख्छौ। उनी फिल्ममा एउटा कुरा भन्छन् कि प्रायः पर्वतारोहीहरूले उनीहरूको नेपाली टोली/सहायकहरूलाई आफ्नो शेर्पा भनेर बोलाउँछन् तर निम्सले आफ्नो टोलीका चार सदस्यहरूको नाम गर्व र ठूलो स्वरमा डक्यूमेण्ट्री मार्फत सन्सारलाई सुनाउछन्।

अन्नपूर्ण नेपाल, धौलागिरी नेपाल, कञ्चनजङ्घा नेपाल, सगरमाथा नेपाल, ल्होत्से नेपाल, मकालु नेपाल, नंगा पर्वत पाकिस्तान, गशेरब्रुम १ पाकिस्तान, गशेरब्रुम २ पाकिस्तान, के २ पाकिस्तान, ब्रोड पिक पाकिस्तान, चो ओयु चीन, मनास्लु नेपाल, शिशापाङ्मा चीन ति १४ चुचुराहरू हुन् जसलाई निर्मल र उनको टोलीले सफलतापूर्वक चढेका छन् जसको यात्रामा उहाँलाई हामी लडेको देख्छौ तर कहिले हार मानेको देख्दैनौ। यस डक्यूमेण्ट्रीद्वारा हामीले निर्मलको वास्तविक चरित्र बुझ्छौं, उहाँ ठूलो हृदय भएको व्यक्ति हुनुहुन्छ त्यसैले उहाँ बहादुर पनि हुनुहुन्छ हामी उहाँलाई पहाडमा छोडिएका पर्वतारोहीलाई बचाउन दुई पटक अन्नपूर्ण आरोहण गरेको देख्छौं। हामी उनलाई ब्रिटिश सेनामा गोर्खा सिपाही को भार निभाएर आफ्नो ज्यान जोखिममा राखेको देख्छौं। डक्युमेण्ट्रीमा हामी उहाँकी सुन्दर श्रीमती र उहाँको परिवारलाई डराएका भए पनि यो डक्यूमेण्ट्री हेरी रहेका दर्शकहरूले जस्तै उहाँ यस परियोजनामा ​​सफल हुन्छन् भन्ने कुरामा विश्वस्त देख्छछौ।

डक्युमेण्ट्रीको सबैभन्दा सुन्दर भागको रुपमा हामीले उत्कृष्ट नेपाली भावना देख्न सक्छौं जब निम्स र उनको टोलीले अन्य सबै पर्वतारोहीहरूको लागि रमाइलो समय सिर्जना गर्दछ। हामी निर्मलको आमालाई निरमल पहाड चढ्न अघि आँसु झारेको देख्छौं र जसको लागि निम्सले जवाफ दिन्छिन् कि उसले यो उसको देश नेपालको लागी गरिरहेको छ, जसलाई उनले आफ्नी आमालाई जस्तै धेरै माया गर्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *