काल्चिनी ब्लकको मेंडाबारीमा अवस्थित पंडित रघुनाथ मुर्मु आवासीय विद्यालय बुधबार नयाँ वर्षमा पूर्ण उत्साहका साथ पुनः सुरु भयो। कोरोनाको अवस्थापछि विद्यालयमा विद्यार्थीको सङ्ख्या झण्डै १० पुगेको थियो । त्यसपछि जिल्ला प्रशासनको पहलमा झण्डै एक सय विद्यार्थी लिएर सो विद्यालय पुनः सञ्चालनमा आएको हो ।बक्सा लगायत जिल्लाका विभिन्न दुर्गम गाउँ र चियाबारीका बालबालिका यहाँ अध्ययन गर्ने गरेको उल्लेख छ । सो अवसरमा जिल्ला अधिकारी सुरेन्द्रकुमार मीनाले भने, ‘जिल्लाका पहाडी तथा दुर्गम क्षेत्रमा विभिन्न कारणले केटा–केटी शिक्षाबाट वञ्चित छन् । उनीहरु सबैलाई अभिभावकसँग कुरा गरेर यस आवासीय विद्यालयमा भर्ना गरिएको हो । केटा र केटीका लागि छुट्टाछुट्टै बसोबास छ, जहाँ १०० जना केटाकेटी बस्न सक्छन्।यसका साथै उनीहरुलाई पठनपाठनका साथै खेलकुद सामग्री पनि प्रशासनले उपलब्ध गराइने उनले बताए ।