सर्बियाका ३४ वर्षीय जोकोभिचले सुरुआती दुई सेट गुमाएर पनि ६–७, २–६, ६–३, ६–२ र ६–४ ले फाइनल जिते । उनले ग्रिसका स्टेफानोस सिसिपासलाई हराएर फ्रेन्च ओपन जितेका हुन् । यसका लागि उनले खेलमा उत्कृष्ट पुनरागमन गरेका थिए । अन्तिम सेटमा जोकोभिचको अनुभव निर्णायक देखिएको थियो । यो सफलतापछि जोकोभिच ग्रान्ड स्लाम उपाधि जितेको संख्याका आधारमा आफ्ना दुई खास प्रतिद्वन्द्वी राफेल नाडाल र रोजर फेडेररको नजिक पुगेका छन् । नाडाल र फेडेररले समान २० ग्रान्ड स्लाम उपाधि जितेका छन् । यसपल्ट फाइनल पुग्न पनि जोकोभिचले नाडाललाई नै हराएका थिए । सिसिपासले भने आफ्नो खेलजीवनको पहिलो ग्रान्ड स्लाम फाइनल खेलेका हुन् । यसअघि उनी ग्रान्ड स्लामका तीन सेमिफाइनलमा पराजित भएका थिए ।
Related Posts
गूगलले एन्ड्रोइडका लागि डिजिटल कोभिड भ्याक्सिन कार्ड सपोर्टको निर्माण गर्दै
- Editor
- July 1, 2021
- 0
गूगलले एन्ड्रोइडका लागि डिजिटल कोभिड भ्याक्सिन कार्ड सपोर्टको निर्माण गरिरहेको छ । यसले एन्ड्रोइड प्रयोगकर्ताका लागि डिजिटल खोप कार्ड स्टोर गर्न अझै सहज बनाउनेछ । […]
चीन र रुसलाई टक्कर दिन नयाँ प्रविधिको हतियार विकास गर्न अमेरिकालाई सुझाव
- Editor
- March 2, 2021
- 0
अमेरिका र उसका मित्र राष्ट्रहरूले आर्ट्रिफिसियल इन्टेलिजेन्स वा कृत्रिम बुद्धिमत्तायुक्त स्वचालित हतियार निर्माणमाथि विश्वव्यापी प्रतिबन्ध लगाउने कदमलाई साथ दिन नहुने अमेरिकी राष्ट्रपति र संसद्का लागि […]
पछिल्लो २४ घण्टामा थपिए १९ सय १३ कोरोना संक्रमित, २३ सय ४९ डिस्चार्ज
- Editor
- November 12, 2020
- 0
पछिल्लो २४ घन्टामा नेपालमा थप १९ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बिहीबार नयाँ थपिएका […]