नेपालमा हुने आन्तरिक उडानहरूको मूल स्रोत काठमाण्डूस्थित विमानस्थल रहँदै आएको छ।

सोमवार मन्त्रिपरिषद्को बैठकले आन्तरिक उडान सञ्चालनको व्यवस्था मिलाउने जिम्मेवारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिएको थियो। नागरिक उड्डयन प्राधिकरणका प्रवक्ताले निजी वायुसेवा कम्पनीले तत्कालै उडान कार्यतालिकाका लागि आवेदन दिन सक्ने भन्दै आन्तरिक उडान खुला भइसकेको बताए नपालमा हुने आन्तरिक उडानहरूको मूल स्रोत काठमाण्डूस्थित विमानस्थल रहँदै आएको छ। वायुसेवाका एक सञ्चालकले उडानको सङ्ख्यामा सीमित गर्ने सरकारको निर्णय कार्यान्वयन गर्न आफूहरू तयार भए पनि क्रमशः त्यो बढ्दै गएको हेर्न आफूहरूले चाहेको प्रतिक्रिया दिएका छन्।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार नेपाल सरकार र नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानका लागि स्वीकृति दिइसकेको छ। उनले भने, “नेपाल सरकारले अब निर्णय गरिसकेको भएकाले उहाँहरूले उडान तालिकाका लागि हामीलाई निवेदन दिनुभयो भने हामी तुरुन्तै अनुमति दिने अवस्थामा छौँ।”

सुरुका दिनमा काठमाण्डूबाट लगभग ३० देखि ३५ वटा उडान हुने आफूलाई लागेको बताउँदै उनले भने, “वायुसेवाहरूले अब आफ्नो टिकटहरू बेच्नुपर्‍यो। आन्तरिक तयारी गर्नुपर्‍यो। सरकारको तर्फबाट उहाँहरूले उडान थाल्न स्वीकृति नै पाइसक्नुभयो भन्दा पनि हुन्छ।” पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सहप्रवक्ता प्रेम सुवेदीले विगतका अनुभवलाई ध्यान दिएर उडानमा पालना गर्नुपर्ने जनस्वास्थ्य मापदण्डमा पनि केही परिमार्जन हुनसक्ने बताए। उनले भने, “यसबारे पनि केही निर्णय हुन सक्छ। अर्को हप्ताबाट उडान हुन्छ जस्तो मलाई लाग्छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *