जनताप्रति उत्तरदायी सरकारले संसदीय समितिका निर्देशन पालना गर्नुपर्छ : सभापति श्रेष्ठ

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति सभापति शशी श्रेष्ठले सरकार जनताप्रति उत्तरदायी भएको स्पष्ट पार्नका लागि संसदीय समितिले दिएका निर्देशन पालना गर्नुपर्ने बताएकी छन् । 

राज्यव्यवस्था समितिले बुधबार दिएको निर्देशन विपरीत सरकारले बिहीबार प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेपछि श्रेष्ठको यस्तो प्रतिक्रिया आएको हो ।

सभापति श्रेष्ठले जनताप्रति उत्तरदायी हुन पनि सरकारले समितिका निदेशन पालना गर्नुपर्ने बताएकी हुन् । समितिले निर्देशन दिएपछि सरकारले आफ्ना भनाई राख्नुपर्ने भए समितिमा नै राखेर स्पष्ट पारी कार्यान्वयनमा जानुपर्ने उनको भनाइ छ ।

पूर्वसचिव मुकुन्द शर्माले भने कुनैपनि संसदीय समितिले दिएका निर्देशन सरकारले पालाना गरेको वा नगरेको भन्ने सम्बनधमा समिति आफैंले कार्यप्रगति मूल्यांकन गरी संसद् समक्ष पेश गरी छलफल गराउन सक्नुपर्ने बताए । सरकारले कुनै निर्देशन कार्यान्वयन नगरेमा समितिका सभापतिहरू विभिन्न मिडियामा कुरा उठाउने तर नियमावलीले दिएको प्रावधान अनुसार कार्यप्रगति मूल्यांकन गरेर संसद्‌मा छलफल गराउन नसक्दा समितिका निर्देशनलाई सरकारले बेवास्ता गरिरहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *