कोरिन मासियरो: ‘फ्रेन्च ओस्कर्स’मा नायिकाको नग्न विरोध प्रदर्शन

५७ वर्षीया नायिका कोरिन मासियरो ओस्करको फ्रान्सेली संस्करण मानिने सेसर अवार्ड्स समारोहमा रगत लतपतिएको लुगाबाहिर गधाको मुखौटोयुक्त पहिरनसहित मञ्चमा पुगेकी थिइन् ।

फ्रान्समा तीन महिनाभन्दा बढी समयदेखि सिनेमा घरहरू बन्द रहेका छन्।

उत्कृष्ट फिल्म पुरस्कार अल्बेयर डुपोन्टेलको त्रासदीपूर्ण हास्य चलचित्र ‘अडेयु लेस कन्स’ अर्थात् मूर्खहरूलाई बाइबाइ भन्ने चलचित्रले पाएको थियो।

गम्भीर रोग लागेकी महिलाले आफ्नो बच्चाको व्यग्र खोजी गरेको सिनेमाले सातवटा सेसर पुरस्कार प्राप्त गरेको थियो। त्यसमध्ये एक सबभन्दा राम्रो निर्देशन पुरस्कार पनि थियो।

राम्रो विदेशी सिनेमा डेनमार्कको ‘अनदर राउन्ड’ भन्ने थोमस भीन्टरबर्गले निर्देशन गरेको सिनेमाले पायो जसमा मित्रहरूले आफ्नो रगतमा मदिराको एक स्थायी तह कायम राखेर आफ्नो जीवनस्तर सुधार्ने कुरा देखाइएको छ।

मासियरोलाई शुक्रवार सामाजिक दूरी कायम गरी आयोजना गरिएको समारोहमा ‘बेस्ट कस्ट्यूम’ अर्थात् सबभन्दा राम्रो पोसाक शीर्षकमा दिइने पुरस्कार प्रदान गर्न निम्त्याइएको थियो।

समारोहमा सहभागी हुन लगाएको बाहिरी पोसाकमा “संस्कृति छैन त भविष्य छैन” भन्ने नारा लेखिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *