कोभिड नेपालः डेल्टा भेरिअन्टमा नयाँ उत्परिवर्तन

भारतमा सुरुमा देखा परेको उक्त भेटिअन्टका नमुनामध्ये नौ वटामा थप उत्परिवर्तन भएको पाइएको मन्त्रालयले सोमवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। उक्त उत्परिवर्तन नेपालसहित १० वटा देशमा पुष्टि भएको र त्यसलाई K417N नाम दिइएको छ। स्वरूप परिवर्तन भएर बनेको नयाँ प्रकारलाई एवाई.१ (AY.1) नाम दिइएको मन्त्रालयले जनाएको छ।

नेपालमा कोरोनाभाइरस महामारी सुरु भएदेखि छ लाख ४७ हजारभन्दा बढी मानिसमा कोभिड पुष्टि भइसकेको छ। सरकारी तथ्याङ्कअनुसार कोभिडका कारण मृत्यु हुने मानिसको सङ्ख्या ८,७०० नाघेको छ। वैशाख २६ देखि जेठ २० सम्मका नमुना भएकाले यो भेरिअन्ट हामीसामु अझै छ यसबाट हामी सजग भइरहन आवश्यक छ भन्ने जानकारी दिन खोजिएको हो,” उनले भने।

सरकारले विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा भारतको नयाँ दिल्लीमा रहेको इन्स्टिट्यूट अफ जीनमिक्स एन्ड इन्टिग्रेटिभ बायोलजीमा त्यस्तो पहिचान गर्नका लागि नमुनाहरू पठाएको थियो। दोस्रो लहरका बीचमा यसअघि गरिएको आनुवंशिक संरचनाको एउटा अध्ययनमा ३६ मध्ये ३५ नमुनामा डेल्टा भेरिअन्ट पाइएको थियो। तर त्यस बेला के४१७एन उत्परिवर्तन भने देखिएको थिएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *