पाकिस्तानमा शताब्दी पुरानो हिन्दु पवित्रस्थल गत डिसेम्बर महिनामा मुस्लिम भिडले ध्वस्त बनाइदियो। जुन त्यो पवित्र धार्मिकस्थलमा गरिएको दोस्रो तोडफोड र विध्वंस थियो।पाकिस्तानको सर्वोच्च अदालतले उत्तर-पश्चिमको करक जिल्लास्थित श्री परम हंसजी महाराजको समाधि मन्दिरको पुनर्निर्माणको बाटो खुला गर्न निर्देशन दिइसकेको छ।
तर त्यो आक्रमणले देशका हिन्दुहरूको भावनालाई आघात पुर्याएको छ र सरकारले देशका धार्मिक अल्पसङ्ख्याहरूलाई संरक्षण गर्न असफल भएको आरोप खेपिरहेको छ।मुस्लिमहरूको अत्यधिक बाहुल्य रहेको पाकिस्तानमा कुल जनसङ्ख्याको दुई प्रतिशतभन्दा कम हिन्दु समुदाय छन्। हिन्दुविरुद्धको पूर्वाग्रह व्याप्त छ।