विश्वकै सबैभन्दा ठूलो परिवारका मुखियाको मृत्यु

बहुपत्नी प्रथा भएको एउटा धार्मिक सम्प्रदायका प्रमुख रहेका जिओना चानाको आइतवार मृत्यु भएको हो। उनका ३८ श्रीमती, ८९ सन्तान र ३६ नातिनातिना रहेका छन्। मिजोरमका मुख्यमन्त्री जोरामथाङ्गाले ट्विटरमा ‘मन भारी’ भएको भन्दै समवेदना प्रकट गरेका छन्। चानालाई मधुमेह र उच्च रक्तचापको समस्या थियो। चिकित्सकहरूले पीटीआई समाचार संस्थालाई चानाको घरमै स्वास्थ्य बिग्रिएको र आइतवार साँझ मृत अवस्थामा अस्पताल ल्याइएको बताएका छन्। अन्य व्यक्तिहरूले पनि उनीहरूको परिवार सबैभन्दा ठूलो भएको दाबी गरेका कारण चानाको परिवार नै सबैभन्दा ठूलो रहेको कुरा निर्विवादित भने छैन।

सो घर हेर्न विश्वभरिबाट पर्यटक आउने गरेका छन्।

रोयटर्सका अनुसार चाना सन् १९४५ मा जन्मेका हुन् र उनले आफूभन्दा तीन वर्ष जेठी पहिलो श्रीमतीलाई १७ वर्षको उमेरमा भेटेका हुन्। सो परिवार २,००० जना अनुयायी रहेको इसाई धर्मको चाना पउल सम्प्रदायको रहेको छ। सो सम्प्रदायका सबै अनुयायी मिजोरमको राजधानीबाट ५५ किलोमिटर टाढा रहेको गाउँमा बस्ने गर्छन्।

पुरुषका लागि बहुपत्नी स्वीकार गर्ने यो सम्प्रदायलाई सन् १९४२ मा चानाका हजुरबुबाले स्थापना गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *