भारतमा कोरोना भाइरस संक्रमण बढ्नु र सीमा नाकाबाट खुलेआम आउजाउ हुनुले नेपाल जोखिममा छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याणका मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ४५ हजार ३ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ । जुन कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी संक्रमितको संख्या हो । भारतमा कोरोना संक्रमण तीव्र रुपमा फैलिरहँदा कोरोनाको दोस्रो लहर सुरु भएको भन्दै नेपालले पनि उच्च सर्तकता अपनाउनुपर्ने विज्ञहरुको सुझाव छ । उनले कोरोना संक्रमणको पहिलो लहरका बेला समुदाय र स्वास्थ्य केन्द्रहरूमा अत्यन्त धेरै अनावश्यक एन्टिबायोटिकको प्रयोग भएको र विगत केही महिनामा धेरै खालका एन्टिबायोटिक रेसिस्टेन्ट (एन्टिबायोटिक थेग्न सक्ने, एन्टिबायोटिकले नमर्ने खालका) ब्याक्टेरिया स्वास्थ्य केन्द्रहरूमा व्यापक रूपमा फैलिएको बताउँछन् । डा. सुवेदीले कोभिडले बढी सिकिस्त बनाएका व्यक्तिहरूमा देखिने ब्याक्टेरियल निमोनियालाई नेपालमा हाल उपलब्ध एन्टिबायोटिकले उपचार गर्न अत्यन्त कठिन हुन थालेको पनि स्पष्ट पारे । उनले पछिल्लो समय बढी देखिएको वायु प्रदुषणले दीर्घरोगी तथा अरु सामान्य व्यक्तिहरुको श्वासप्रश्वास प्रणालीमा असर पारेको बताए । डा सुवेदी भन्छन्–‘ श्वासप्रश्वास प्रणाली अस्वस्थ भएको बेला कोभिड पनि लागेमा थप जोखिम हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *