गृह राज्यमन्त्रीको पहलमा क्षेत्रका गरिब बिरामीलाई बाहिर उपचारका लागि पठाएर निःशुल्क उपचारको व्यवस्था गरिएको छ। कुचबिहार जिल्ला भाजपा द्वारा आज कुचबिहार गरियाहाटी क्लब मैदानमा स्वास्थ्य शिविरको आयोजना गरिएको थियो। यस स्वास्थ्य जाँच शिविरमा गृह राज्यमन्त्री निशित प्रामानिक, कुचबिहार जिल्ला भाजपा अध्यक्ष सुकुमार राई, तुफानगञ्ज विधानसभा क्षेत्रका विधायक मालती राभा राई र धेरै जिल्ला भाजपा नेताहरू उपस्थित थिए। यस दिन विभिन्न चिकित्सकको सहयोगमा यस स्वास्थ्य शिविरमा सर्वसाधारणको स्वास्थ्य परीक्षण गरिएको थियो । यस स्वास्थ्य शिविरबाट बाहिरी उपचार आवश्यक पर्ने बिरामीलाई समेत सहयोग गरिएको थियो । गृह राज्यमन्त्री निशिथ प्रामाणिकले विभिन्न गम्भिर रोगको उपचारका लागि बाहिर जानु पर्ने गरिबहरु धेरै छन् तर जान नसकेको बताए । उनीहरु सबैको बाहिरका विभिन्न अस्पतालमा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको छ । यसका लागि उनीहरूले कुनै पैसा तिर्नु पर्दैन।
Related Posts
उत्तर प्रदेश राज्यमा अज्ञात ज्वरोका कारण दर्जनौँ बालबालिकाको मृत्यु
- Editor
- September 1, 2021
- 0
नेपालसँग जोडिएको भारतीय राज्य उत्तर प्रदेशका केही जिल्लामा एक साताभन्दा बढी समयदेखि बालबालिकाहरू उच्च ज्वरो आउने र पसिनामा भिजेर बिउँझिने समस्याबाट पीडित छन्। तीमध्ये धेरै […]
भारतीय टिममा कोरोना, श्रीलंकाविरुद्धको दोस्रो टी-२० स्थगित
- Editor
- July 27, 2021
- 0
भारत र श्रीलंकाविचको दोस्रो टी २० खेल स्थगित भएको छ । तालिका अनुसार आज राति हुने भनिएको खेल कोभिडका कारण स्थगित भएको बताइएको छ । […]
भारतमा ओमिक्रोन भेरियन्टबाट ९६१ जना संक्रमित
- Editor
- December 30, 2021
- 0
भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टबाट ९६१ जना संक्रमित भएका छन्। केन्द्र सरकारले बिहीबार उक्त जानकारी दिएको हो। केन्द्रीय स्वास्थ्य मन्त्रालयका सहसचिव लव अग्रवालका अनुसार ३२० […]