कुचबिहारको पञ्चानन बर्मा विश्वविद्यालयको चौथो दीक्षान्त समारोह सम्पन्न भएको छ

कूचबिहारको पञ्चानन बर्मा विश्वविद्यालयको चौथो दीक्षान्त समारोह सम्पन्न भयो। कार्यक्रम शनिबार कुचबिहार जिल्ला मजिस्ट्रेटको कार्यालय नजिकै उत्सव सभागारमा आयोजना गरिएको थियो। विश्वविद्यालयका कुलपति तथा राज्यपाल सीवी आनन्द बोसले कार्यक्रमको उद्घाटन गरे। कार्यक्रममा बोल्दै उहाँले शिक्षाको माध्यमबाट विद्यार्थीको चरित्र निर्माणमा जोड दिनुभयो । उनले नयाँ शिक्षा नीतिले देशलाई थप विकासतर्फ लैजाने बताए । साथै, उनले विद्यार्थीहरूलाई उत्प्रेरित गर्न रोयल बेङ्गाल टाइगरसँग तुलना गर्नुका साथै धेरै कुराहरू उल्लेख गरे। उनले बंगालका नायक नेताजी सुभाषचन्द्र बोस, स्वामी विवेकानन्दको विषयलाई पनि सुन्दर ढंगले उठाए।

दीक्षान्त समारोहमा विश्वविद्यालयका सन् २०२० देखि २०२२ सम्मका २८२ जेहेन्दार विद्यार्थीलाई स्वर्ण र रजत पदक प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि डा. तपस कुमार कुण्डु, उत्तर बङ्गाल विकास विभागका मन्त्री उदयन गुहा, विश्वविद्यालयका रजिस्ट्रार अब्दुल कादेर सफालीलगायत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *