सरकारले अप्रिल २६ तारिख देखि लागु हुने लकडाउनको घोषणा गरेको अधिकारीहरुले जनाएका छन् । कोरोना भाइरसको महामारी फेरि तीव्र रुपमा फैलिएर धेरै मानिस सङ्क्रमित हुने र धेरैको मृत्यु हुने गरेकाले फेरि लकडाउन लगाउनु परेको उनीहरको भनाइ छ । खाद्य तथा पेय पदार्थ विक्री वितरण गर्ने पसललगायत सवै व्यावसायिक स्थल तथा कार्यालयहरु बन्द गरिने भएको छ।
त्यसैगरी होटल, रेस्टुरेन्ट, वार, क्याफे, सैलुन, ब्युटिपार्लर, जिम तथा डान्स स्कुलहरु पनि बन्द गर्ने निर्णय भएको सरकारका एक जना मन्त्रीले जानकारी गराउनुभएको छ । स्थानीय समयानुसार राती ९ बजेदेखि विहान ५ बजेसम्म कर्फ्युसमेत लागु हुने अधिकारीहरुले जानकारी दिएका छन् । लकडाउनको बेलामा थियटर र चलचित्र घरहरु समेत बन्द गरिने भएको छ । भिडभाड गर्न तथा भेला हुन प्रतिवन्ध लगाउन थालिएको छ भने कतै हिँड्नुपर्नेमा अत्यावश्यक परेकाहरुलाई मात्रै अनुमति दिइने भएको छ । कामदारहरुलाई सकेसम्म निवासबाटै काम गर्न वा काम गर्ने ठाउँमै बस्न प्रोत्साहन गर्ने नीति सरकारले लिएको छ ।
कोरोना भाइरसको महामारीबाट अति प्रभावित मुलुक साइप्रसमा फेरि लकडाउन लागु हुने भएको छ
