भारतको केरलामा भेटियो जिका भाइरस

भारतको केरलामा जिका भाइरस भेटिएको छ । भाइरस भेटिएपछि केरला राज्यका स्वास्थ्य अधिकारीहरुले त्यहाँका सबै जिल्लाहरुमा सतर्क रहन आग्रह गरेका छन् । केरलाका १४ जना मानिसमा जिका संक्रमण भेटिएको छ । यो भाइरस लामखुट्टेबाट मानिसमा फैलिन्छ ।

जिका भाइरसको संक्रमण देखिएकी २४ वर्षीय गर्भवतीमा ज्वरो आउने, टाउको दुख्ने जस्ता लक्षण देखिएको छ। उनलाई अस्पताल भर्ना गरेर उपचार भइरहेको बताइएको छ। 

उनमा संक्रमण देखिएपछि थप १९ जनाको नमुना परीक्षण गरिएको थियो। परीक्षण गरिएका मध्ये १३ जनामा जिकाको आशंका गरिएको छ। उनीहरुको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ। उनीहरुको नमुना पुनेस्थित नेसनल इन्स्टिच्युट अफ भाइरोलोजीमा पठाइएको छ।

जिका लामखुट्टेको टोकाइका कारण हुने गर्छ। एडिस जातको लामखुट्टेले टोकेको ३ देखि १४ दिनमा जिकाका लक्षणहरू देखिने गर्दछन्।

विशेष गरेर गर्भवती अवस्थामा जिका संक्रमित भए जन्मने बच्चामा टाउको सानो हुने (माइक्रोकेफाली)तथा स्नायु प्रणालीमा तत्काल वा दीर्घकालीन प्रभाव पर्ने अनुसन्धानहरूमा देखाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *