कुकुरलाई बेलुनमा बाँधेर उडाउने यूट्यूबर पुन: पक्राउ

आफ्नो घर पालुवा कुकुरलाई बेलुनमा बाँधेर हावामा उडाउने यूट्यूबर गौरव शर्मा पुन: एक पटक विवादमा तानिएका छन् ।

गौरवलाई आफ्ना साथीहरुसंग मिलेर वृन्दावनस्थित निधिवन राजभित्र एउटा भिडियो छायांकन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

गौरवले एक हप्ता पहिला निधिवनमा एउटा भिडियो बनाएका थिए र दुई–तीन दिनपछि यूट्यूब च्यानलमा अपलोड गरेका थिए ।

यद्यपि, त्यहाँका पुजारीहरुले विरोध गरेपछि उनले उक्त भिडियो हटाउनु परेको थियो ।

निधिवन राज त्यो पवित्र स्थान हो, जहाँ तुलसीको अति प्राचीन वृक्ष छ ।

भन्छि, भगवान श्रीकृष्ण र राधा तथा उनीहरुका साथी अहिले पनि रासलीलाका लागि त्यहाँ आउँछन् भन्ने मान्यता रहेको छ ।

उक्त क्षेत्रमा राति बस्न प्रतिबन्धित छ ।

पुजारीहरुलाई पनि राति त्यहाँ बस्ने अनुमति छैन ।

सामाजिक सञ्जालमा भिडियो प्रसारित गर्ने व्यक्तिसहित पाँच जनाविरुद्ध भारतीय दण्डसंहिता अनुसार प्रासंगिक धारा र सूचना प्रौद्योगिकी अधिनियमका अनुसार प्राथमिकी दर्ता गरिएको छ ।

गौरबलाई दिल्लीबाट पक्राउ गरिएको वृन्दावनका निरीक्षक विनय मिश्राले बताएका छन् ।

गौरवलाई न्यायिक हिरासतमा पठाइएको र उनका सहयोगस्हरुलाई पक्राउका लागि प्रयास भैरहेको प्रहरीले बताएको छ ।

गौरवसंगको सोधपुछमा आफ्नो काकाको छोरा प्रशान्त र साथी मोहित तथा अभिषेकसंग मिलेर निधिवनमा भिडियो छायांकन गरेको र नोभेम्बर ९ मा उक्त भिडियोलाई यूट्यूबमा अपलोड गरेको स्वीकारेका छन् ।

यह िवर्षको मे महिनामा आफ्नो कुकुरलाई बेलुनमा बाँधेर उडाएको भिडियो बनाएका थिए ।

उक्त भिडियो भाइरल भएपछि उनलाई पक्राउ गरिएको थियो ।

गौरवले उक्त भिडियोलाई डिलिट गरेका थिए र आफुले गरेको कामका लागि माफि पनि मागेका थिए ।

त्यसपछि उनलाई छाडिदिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *