बिद्युत केबल चोरीको मामिलामा युवक पक्राउ

सिलगढ़ी मेट्रोपोलिटन पुलिसअन्तर्गत खालपाड़ा चौकीका पुलिसले रातको अँध्यारोमा विद्युत् तार काटेर चोरी गरेको आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ। पक्राउ परेका आरोपी युवकको नाम मोहम्मद आजाद अन्सारी हो। तिनी कोइला डिपो क्षेत्रका वासिन्दा रहेका बताइएको छ। पुलिस सूत्रअनुसार एक निजी कम्पनीले 19 अप्रेलको दिन खालपाड़ा पुलिस चौकीमा केबल चोरी सम्बन्धी प्राथमिकी दर्ता गराएको थियो। सिलगढ़ीको झङ्कार मोड़ वरिपरिको क्षेत्रबाट विद्युतको केबल चोरी गरिएको थियो। प्राथमिकीको आधारमा खालपाड़ा चौकी पुलिसले जाँच आरम्भ गऱ्यो। जाँचपछि पुलिसले बुधवार राति झङ्कार मोड़ क्षेत्रबाट मोहम्मद आजाद अन्सारीलाई पक्राउ गरेको हो। चोरी गरिएको केबल पनि उद्धार गरिएको छ। विद्युतको केबललाई विवेकानन्द रोडसित संलग्न एउटा खाली घरमा राखिएको थियो। पक्राउ परेका युवकलाई आज सिलगढ़ी जिल्ला सत्र न्यायालयमा प्रस्तुत गरियो।

By Piyali Poddar