झारखण्डमा एक युवकलाई भिडले कुटपिट गरी जिउँदै जलायो

झारखण्डको सिमडेगा जिल्लाको ग्रामीण क्षेत्रमा भिडले एक युवकलाई गम्भीर कुटपिट गरी जिउँदै जलाएको छ ।प्रहरीले घटनालाई ‘मब लिन्चिङ जस्तो’ भनेको छ । घटनाको अनुसन्धान भइरहेको र केही व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार मारिने युवककी पत्नीले भिडसँग ज्यानको भिक मागेकी थिइन् । तर उनको बिन्ती नसुनेर कुटपिट गरेर जलाएका हुन् ।
बेसराजारा गाउँमा यो घटना भएको हो । मारिने व्यक्तिका नाम सञ्जू प्रधान हो । स्थानीय आदिवासीहरुको स्वीकृति बिना सञ्जूले रुख काटेर दाउरा बेच्ने गरेको आरोपमा उनको हत्या भएको हो ।

आदिवासीहरुको पारम्परागत खूँटकटी व्यवस्था अनुसार ग्राम प्रधानको इजाजत बिना गाउँमा रुख काट्न पाइँदैन । सञ्जूले रुख काट्ने गरेको जानकारी वन विभागलाई पनि गराईएको तर त्यहाँबाट केही कारवाही नभएपछि गाउँलेहरु त्यहाँ पुगेको स्थानीय बासिन्दाको दाबी छ । प्रहरीले घटनाको अनुसन्धानका लागि पक्राउ गरिएका व्यक्तिको संख्या भने खुलाएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *