न्यू येजदी एडभेन्चर: डिजाइन, प्रदर्शन र सुविधाहरूको तूफानी सम्मिश्रण;2,09,900रुपिँयामा एडभेन्चर श्रेणीमा तहल्का मच्चाइरहेछ

जावा येज्दी मोटरसाइकल नयाँ येज्दी एडभेन्चर लन्च गर्न पाउँदा रोमाञ्चित छ, पुन: निर्माण गरिएको र अझ साहसी कार्यहरूको लागि पुन: डिजाइन गरिएको छ। नयाँ येज्दी एडभेन्चरको मूल्य रु.2,09,900 (एक्स-शोरूम दिल्ली) बाट आरम्भ हुन्छ।  असाधारण डिजाइन, सुविधाहरूको सम्पूर्ण श्रृंखला र अपराजेय प्रदर्शन: येज़्दी एडभेञ्चरले एकसाथ तीनवटा महत्वपूर्ण कारकहरूको एउटा आदर्श संयोजन प्रस्तुत गर्दछ। यी तीन गुणहरूले जावा येज्दीलाई साहसिक यात्रा गर्न चाहनेहरूको एकमात्र रोजाई बनाउँदछ। 

मोटर साइकलबारे बोल्दै जावा येज्दी मोटर साइकलका सीईओ श्री आशिष सिंह जोशीले भने “कुनैपनि स्थानलाई विजय भेदन गर्नका लागि येज्दी एडभेञ्चरमा सदैव सही सन्तुलन रहिआएको छ। अहिले हामी त्यस सन्तुलनलाई नयाँ रूपमा परिभाषित गरिरहेका छौं। हामीले हाम्रो नयाँ अल्फा 2 लिक्विड-कूल्ड इन्जिन लगाएका छौं, छ-स्पीड गियरबक्सलाई कायम राखेका छौं भने स्विचेबल एबीएस मोडजस्ता महत्त्वपूर्ण विशेषताहरू पनि थपेका छौं। तर  यहाँ हामीले वास्तवमा परिवर्तन ल्याएका छौं: हामीले बोल्ड डिजाइन, उन्नत सुविधाहरू र अद्वितीय प्रदर्शनको एउटा आदर्श त्रिमूर्ति तयार गरेका छौं। हामीले अब मूल्यको साथ सुविधाको अर्को तह थपेका छौं।

यसैले अब यो अपग्रेडमात्र नभएर एउटा वर्ग क्रान्ति पनि हो। म पूर्णरूपमा विश्वस्त छु कि नयाँ येज्दी एडभेञ्चर गम्भीर साहसिक यात्रा गर्नेहरूको लागि अन्तिम विकल्पको रूपमा स्थापित हुनेछ। यो केवल एउटा मोटर साइकलमात्र होइन तर आफ्नो श्रेणीको नयाँ मानक पनि हो।”येज्दी एडभेञ्चरमा नयाँ पुस्ताको अल्फा 2 334 सीसी लिक्विड-कूल्ड इञ्जिन लगाइएको छ जसले असल प्रदर्शनका साथै समग्र सवारी अनुभवलाई उत्कृष्ट बनाउँदछ। यस शक्तिशाली इन्जिनले प्रभावशाली 29.6 पीएस र 29.9 एनएम प्रदान गर्दछ, जसले राइडरहरूले आत्मविश्वास र सहजताका साथ कुनै पनि स्थानमा यात्रा गर्नसक्छन् भन्ने कुरा सुनिश्चित गर्दछ। यसले असल प्रदर्शन र उन्नत थर्मल व्यवस्थापनसितै नयाँ केन्द्रमा स्थापित निकास मार्ग पनि समावेश गर्दछ।