विश्व नम्बर १ टेनिस खेलाडीको दोस्रोपटक पनि अष्ट्रेलियन भिसा रद्द

विश्वका नम्बर एक टेनिस खेलाडी नोभाक  जोकोभिचको भिसा अष्ट्रेलियाले एकपटक फेरि रद्द गरिदिएको छ । उनले खोप  नलगाएकाले नै समुदायका लागि जोखिमपूर्ण हुनेभन्दै देश प्रवेशमा रोक लगाइने  बताइएको छ ।
   
 उनले सोमबारदेखि सुरु हुने अष्ट्रेलियन ओपन खेल्ने तय भएको थियो । यस्तोमा  आप्रवासन मन्त्री एलेक्स हकले सार्वजानिक हितका निम्ति आफूसँग जोकोभिचको  भिसा रद्द गर्ने पूरा अधिकार भएको बताएका हुन् ।
  
 यो घटनाको अर्थ जोकोभिच अब तीन वर्षसम्म अर्को नयाँ अष्ट्रेलियन भिसा लिन  प्रतिबन्धित हुन सक्छन् । यसबाट बच्न उनले विशेष छुट प्राप्त गर्नुपर्ने  हुन्छ ।
 अष्ट्रेलियन ओपनका नौपटक विजेता रहिरसकेका जोकोभिच टेनिस इतिहासकै सफल पुरुष खेलाडी हुन् ।
  
 तर, यसअघि पनि उनले खोप सम्बन्धी छुट पाएको कुनै प्रमाण देखाउन नसकेपछि  अष्ट्रेलियाले भिसा रद्द गरिदिएको थियो । त्यसैगरी उनले आफ्नो यात्रा  विवरणबारे पनि गलत जानकारी दिएको खुलासा भएको थियो । उनको कागजमा  अष्ट्रेलिया प्रवेशको १४ दिन अगाडि कतै यात्रा नगरेको दाबी गरे पनि उनी  स्पेन गएर आएको पत्ता लागेको थियो । पछि उनले यसलाई जानीजानी नभइ झुक्किएर  गल्ती भएको बताएका थिए ।
त्यसैगरी उनले कोभिड पोजेटिभ भएपछि एक  संचारकर्मीसँग भेटेर कुराकानी गरी  फोटोसुटसमेत गरेको स्वीकार गरेका छन् ।  अहिलेसम्म पनि यो मुद्दाबारे विश्वव्यापी बहस चलिरहेको छ जसमा कतिले  जोकोभिचको समर्थन गरेका छन् भने कतिले उनलाई गैरजिम्मेवार ठहर गरेका छन् । 
 अष्ट्रेलियन नागरिकहरुले उनको अधिक आलोचना गरिरहेका छन् । अष्ट्रेलियामा केही साता अघिसम्म पनि कडा कोभिड लकडाउन जारी थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *