विश्वकप छनोट : नेपालले आज जोर्डनको सामना गर्दै

विश्वकप र एसिया कपको दोस्रो चरणको छनोट खेल्ने कुवेतमा रहेको नपाली टिममले आज राति बलियो जोर्डनको सामाना गर्दै छ। समूह बी अन्तर्गतको नेपाल र जोर्डनबीचको कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा राति ९ः४५ बजे सुरु हुनेछ।

विश्वकप छनोटको अघिल्लो चरणमा पुग्ने सम्भावना गणीतिय हिसाबमा मात्र रहेपनि एसिया कपको अघिल्लो चरण पुग्ने सम्भावना रहेका नेपालले बलियो जोर्डनविरुद्ध जितको लक्ष्या साथ मैदान उत्रने छ। जोर्डनविरुद्ध जित निकाल्न सकेन नेपालको एसिया कप छनोटको तेस्रो चरण पुग्ने सम्भावना बलियो हुनेछ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पनि जोर्डनविरुद्ध आफूहरुको एकमात्र लक्ष्य जित भएको बताएका छन् । तर, नेपालले जोर्डनविरु जित निकाल्न त्यति सहज भने हुने छैन । फिफा वरियतामा जोर्डन नेपालभन्दा ७६ स्थान माथि छ । फिफा वरियतामा जोर्डन ९५औं र नेपाल १७१औं स्थानमा छन्।

‘‘जोर्डन हामीभन्दा निकै बलियो टिम हो, त्यो हामीलाई थाहा छ। धेरैले हाम्रो कुनै सम्भावना देखेका छैनन । तर, फुटबलमा त्यस्तो हुँदैन। फुबटलमा विगत हेरेर हुन्न, ९० मिनेटमा कसले राम्रो खेल्छ र गोल गर्छ त्यो महत्वपूर्ण हो । हामीले नर्थ मेसेडोनियाले जर्मनीलाई पराजित गरेको देखेका छौं,’ उनले भने, ‘दुवै टोलीका लागि खेल शुन्यबाट सुरु हुने हो। जोर्डनविरुद्ध पनि हाम्रो एकमात्र लक्ष्य जित नै हुनेछ।’

गोलकिपर किरण चेम्जोङ, रोहित चन्द र सुजल श्रेष्ठले पुनः दोस्रो पटक घरेलु टोली जोर्डनसामु चुनौती पेश गर्नेछन्। तर, पछिल्लो समय प्रदर्शनमा क्रमिक सुधार गर्दै आएको नेपालको फुटबल टिम घरेलु टोलीविरुद्व कम्तिमा अंक खोस्ने प्रयासमा हुनेछ। जोर्डनले समूह चरणको पहिलो खेलमा चाइनिज ताइपेइलाई २-१ ले हराएको थियो भने कुवेतसँग बराबरी खेलेको थियो। 

फिफा विश्वकप एसिया दोस्रो चरणको छनोटअन्तर्गत नेपालको यो चौथो खेल हो। नेपालले सुरुवाती तीन खेल खेल्दा एकमा जित र दुईमा हार व्यहोरेको छ। नेपाल पहिलो खेलमा कुवेतसँग ७-० ले पराजित हुँदा चाइनिज ताइपेइलाई २-० ले हराएको थियो। गत साता मात्र अस्ट्रेलियासँग नेपाल ५-० ले पराजित भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *