विश्व बैंकले भारतलाई ५० करोड अमेरिकी डलर दिने भएको छ। बैंकको कार्यकारी समितिले कोरोना संक्रमणका कारण समस्यामा परेका साना तथा मझौला उद्योग सञ्चालकहरूको सहयोगार्थ सो रकम दिन लागेको हो। भारतमा कोरोना महामारीले साना तथा मझौला उद्योग व्यवसायीहरु धरासायी अवस्थामा पुगेको तथ्याङकले देखाएको छ।
विश्व बैंकले दिएको सो रकम भारतका साना तथा मझौला उद्योगहरूको पुनः उत्थाान र प्रवद्र्धनका लागि परिचालन गरिने भएको छ ।
बैंकले प्रकाशन गरेको वक्तव्यमा कोरोनापछि साना तथा मझौला व्यवसायीहरूलाई उठाउनका लागि सो रकम उपयोग गर्न भारतलाई आग्रह पनि गरिएको छ ।
विश्वभरी मर्कामा परेका साना तथा मझौला व्यवसायीहरुलाई सहयोग गर्ने विश्व बैंकको नीति अनुसार अन्य देशहरुलाई पनि यस्तो सहयोग गरिएको समाचारमा जनाइएको छ ।