शाहरुखका छोरा आर्यनलाई जेल होला कि बेल ?

बलिउड अभिनेता शाहरुख खानाका छोरा आर्यन जेल कि जमानतको बीचमा फसेका छन् । ​आर्यनको जमानतको मागमा दुई दिनदेखि हाइकोर्टमा सुनुवाइ भइरहेको छ । आज पनि आर्यनको जमानका विषयमा सुनुवाइ हुँदैछ । 

यस्तोमा धेरैको चासो के छ भने आर्यन खानको विषयमा आजको सुनुवाइ के होला ? के उनी बाहिर निस्केलान् त कि जेल जालान् ? यस्तै प्रश्न धेरैको मनमा छ । 

आजको सुनुवाइबाट आर्यनलाई जमानत मिल्नैपर्छ, यदि नमिले उनी १५ नोभेम्बरसम्म जेलमा बिताउनुपर्ने हुन सक्छ । किनभने हाइकोर्ट दीपावलीका बेला बन्द रहन्छ । 

आर्यनलाई नारकोटिक्स कन्ट्रोल ब्युरोले २ अक्टोबरमा मुम्बईको इन्टरनेशनल क्रुज टर्मिनलबाट नियन्त्रणमा लिएको थियो । मुम्बईबाट गोवा गइरहेको क्रुजशिपमा हुने ड्रग्स पार्टीमा आर्यन पनि सहभागी हुन गइरहेका थिए । क्रुज शिपमा एनसीबीले छापा मारेको थियो । त्यहाँबाट आर्यन, अरबाज मर्चेन्ट र मुनमुन धमेचालाई नियन्त्रणमा लिइएको थियो । 

आर्यनबाट कुनै पनि ड्रग्स नभेटिएको बताइएको छ । तर, एनसीबीले भने आर्यनमाथि निकै गम्भीर आरोपहरू लगाएको छ । एनसीबीका अनुसार आर्यन इन्टरनेशनल ड्रग ट्रयाफिकिङको हिस्सा हुन सक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *