सनी लियोनीले आफूलाई किन ठान्छिन् बुद्धु

सनी लियोनीले छोटो समयमै बलिउड क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल भएकी छन् । मुख्य भूमिकामा थोरै देखिएपछि विशेष गीतका माध्यमबाट उनले फ्यानहरूको मन जितेकी छन् । यसैबीच गीतको प्रचारका लागि कपिल शर्मा शो पुगेकी उनले आफ्नो विभिन्न खुलासाहरू गरेकी छन् । 

गायक मीका सिंहले कपिल शर्मासँग कुराकानीका बेला सनी लियोनीको प्रशंसा गरेका थिए ।  ‘जब म सनीको साथमा विश्व भ्रमणमा थिएँ, त्यसबेला एक प्रतिशत पनि अहंकार, नखरा देखिनँ, उनी समयमै आउँथिन्,’ उनले भने । 

मीका सिंहबाट प्रशंसा सुनेपछि सनीले ठूला स्टारहरू सेटमा ढिलो पुग्ने विषयलाई मजाक बनाउँदै भनिन्, ‘यो इन्डस्ट्रीमा म मात्रै बुद्धु छु किनकि म समयमै पुग्छु ।’ उनको यस्तो कुरा सुनेर त्यहाँ रहेका मानिसहरू हाँसेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *