‘स्पाइडर म्यान’का टमले किन गरेका थिए बार टेन्डरको काम ?

ठूलो पर्दामा ‘स्पाइडर म्यान’ बनेर चर्चा कमाएका हलिउड अभिनेता टम हल्यान्डको अभिनय रहेको नयाँ चलचित्र ‘अनचार्टेड’ रिलिज भैसकेको छ । आफ्नो यही चलचित्रको प्रमोसनका क्रममा उनले आफ्नो बारेमा केही खुलासा गरेका छन् ।

जेसिका सोमा पुगेका अभिनेता टमले कुराकानीको क्रममा दर्शकलाई लन्डनका बियर बारमा बार टेन्डरको रूपमा काम गर्दाको रमाइलो घटना सेयर गरेका हुन् ।

टमकाअनुसार यो चलचित्रको छायांकनमा जानुअघि उनी लुकेर बीयर बारमा बार टेन्डरको काम गर्न पुगेका थिए । यी लोकप्रिय अनि करोडौँ कमाउने अभिनेता आखिर किन बार टेन्डरको काम गर्न पुगे त ? 

यो चलचित्रमा अभिनेता टमले नेथन ड्रेकको भूमिका निभाएका छन् । चलचित्रमा यो पात्र एकजना बार टेन्डर हुन्छन् । सोही पात्रको तयारीका लागि अभिनेता बार ट्रेडिङ स्कुलमा मात्रै पुगेनन्, उनी साँच्चै नै लन्डनका बियर बारहरूमा काम गर्नै पुगे । 

अझ रोचक कुरा त उनी आफ्नो वास्तविक परिचय लुकाएर त्यहाँ काम गर्न पुगेका थिए । “मलाई अभिनयको सबैभन्दा मनपर्ने पाटो भनेको यसमार्फत तपाईं केही न केही नयाँ कुरा सिक्ने र गर्ने मौका पाउनुहुन्छ । जब हामीले केही नयाँ सिप सिक्छौँ तब हामीलाई राम्रो लाग्छ । म एउटा बारटेट्रेडिङ स्कुल गएको थिएँ । मैले लन्डनका बियर बारहरूमा पनि केही सिफ्ट काम गरेको छु । मैले त्यो काममा इन्जोय गरेँ,” अभिनेता टमले सुनाए । 

सोही क्रममा उनी त्यहाँकै अर्का एकजना कर्मचारीको भेषमा आफ्नो परिचय लुकाएर काम गरिरहेका थिए । “तर, त्यहाँ मानिसहरूले मलाई चिने । विस्तारै–विस्तारै कुरा फैलियो र धेरै मानिसहरू त्यहाँ पुगे । बारका जनरल म्यानेजरलाई त्यहाँ भिड जम्मा हुनुअघिसम्म म को हुँ भन्ने खबर नै थिएन । तर उनले मेरो परिचय थाहा पाउने बित्तिकै मलाई काम बाट निकालिदिए ।”

यो पात्रका लागि उनले अन्डरकभर बन्ने पूरै प्रयास गरेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *