भ्याक्सिन नकली भेटिएको डब्ल्युएचओको स्वीकारोक्ति

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भारतमा उत्पादित कोरोना विरुद्धको भ्याक्सिन को भिसिल्डको नक्कली संस्करण फेला परेको जनाएको छ । भारत र अफ्रिकाका अधिकारीहरूले जुलाई र अगस्त को बिचमा यस्ता नक्कली भ्याक्सिनहरू बजारबाट जफत गरेका थिए । डब्ल्यूएचओले जारी गरेको एक विज्ञप्तिमा यसबारे उल्लेख गरिएको छ । विज्ञप्ति अनुसार भारतको भ्याक्सिन निर्माता सीरम इन्स्टिच्युट अफ इन्डियाले पनि बजारमा फेला परेका कतिपय डोजहरू नक्कली रहेको पुष्टि गरेको छ । सो विज्ञप्ति मार्फत डब्ल्यूएचओले चेताउनी दिएको छ कि नक्कली भ्याक्सिन विश्वव्यापी सार्वजनिक स्वास्थ्यको लागि गम्भीर खतरा हो यस सम्बन्धमा हालसम्म भारत सरकारको तर्फबाट कुनै आधिकारिक धारणा आएको छैन तर, स्थानीय सञ्चार माध्यमहरूमा प्रकाशित समाचारहरूका अनुसार भारतको स्वास्थ्य मन्त्रालयले यस विषयमा अनुसन्धान गरिरहेको छ |

बिबिसीले आफ्नो समाचारमा भारतीय अधिकारीहरूको प्रतिक्रिया भन्दै लेखेको छ यद्यपि हामीसँग यस्ता के सहरूलाई रोक्नको लागि एक बलियो प्रणाली छ । हामी मात्र यो सुनिश्चित गर्न चाहन्छौं कि कुनै भारतीयलाई नक्कली भ्याक्सिन लगाइएको छैन । भ्याक्सिन उत्पादक कम्पनी सीरमले एसिया, अफ्रिका र दक्षिण अमेरिकाका देशहरूलाई लाखौँ कोभिसिल्ड भ्याक्सिनहरू आपूर्ति गरेको थियो ।

विभिन्न सरकारहरू र गरिब देशहरूको लागि ग्लोबल कोभ्याक्स योजनासँग सम्झौता पनि गरिएको थियो । भारतले प्रधानमन्त्री नरेन्द्र मोदीको भ्याक्सिन कूटनीतिको भागको रूपमा आफ्ना के ही छिमेकीहरूलाई कोभिसिल्ड डोज पठाएको छ । तर, अप्रेल र मईमा एक विनाशकारी दोस्रो कोभिड शुरु भएपछि भने भारत सरकारले भ्याक्सिन अभियानको गतिलाई बढाउने निर्णय गन्यो र निर्यातमा प्रतिबन्ध लगायो । भारत विश्वमा कोरोनाबाट सबैभन्दा धेरै प्रभावित दोस्रो देश हो । भारतले यस वर्षको अन्त्यसम्म आफ्नो सबै मानिसहरूलाई भ्याक्सिन लगाउने लक्ष्य राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *