दिल्लीमा साप्ताहिक कर्फ्यू लागु हुने

दिल्लीमा लगातार बढ्दो कोरोना केसलाई ध्यानमा राख्दै सप्ताहिक कर्फ्यू लागू गरिएको छ। स्रोतका अनुसार दिल्ली आपदा व्यवस्थापन प्राधिकरणको बैठकमा यो निर्णय गरिएको हो । दिल्लीमा पहिले नै राति कर्फ्यू लागू भइसकेको छ। स्मरणरहोस्, दिल्लीमा पछिल्लो समय कोरोना संक्रमण ५ प्रतिशतभन्दा माथि पुगेको छ । दुई दिनसम्म संक्रमण दर पाँच प्रतिशतभन्दा माथि पुगेमा रेड अलर्ट लागू हुन्छ। मंगलबार दिल्लीको उपराज्यपालको अध्यक्षतामा दिल्ली आपदा व्यवस्थापन प्राधिकरणको बैठक बसेको थियो । यस भर्चुअल बैठकमा मुख्यमन्त्री अरविन्द केजरीवाल पनि सहभागी हुने भएका थिए तर बैठकअघि नै उनी कोरोना पोजेटिभ आएका थिए ।

त्यसपछि उनले घरमै आइसोलेसन गरे । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार जनवरी १५ सम्ममा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या दैनिक २०२५ हजार पुग्न सक्नेछ । जनवरी ८ तिर दिल्लीमा दैनिक ८- ९ हजार कोरोना केस दर्ता हुन सक्ने आशंका रहेको बताइएको छ । छ। एम्ससँग सम्बद्ध स्रोतका अनुसार यहाँ अस्पताल भर्ना हुन थालेको छ, जसले चिन्ता बढाएको छ । पछिल्लो दुईतीन दिनमा ५० भन्दा अधिक कोरोना संक्रमित एम्समा भर्ना भएका छन्। दिल्लीमा कोरोना संक्रमण दर ५ प्रतिशतभन्दा माथि पुगेको छ ।

सोमबार ४ हजार ९९ नयाँ संक्रमित थपिएका छन्, जुन आइतबारको तुलनामा २८ प्रतिशतले अधिक हो । स्वास्थ्य विभागको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा दिल्लीमा कोभिड १९ का एक बिरामीको मृत्यु भएको छ। संक्रमण दर बढेर ६.४६ प्रतिशत पुगेको छ । जीआरएपीका अनुसार अर्को चेताउनीको बारेमा निर्णय गर्न सकिन्छ । ‘ग्रेडेड रेस्पोन्स एक्सन प्लान’ अन्तर्गत लगातार दुई दिन संक्रमण दर पाँच प्रतिशतभन्दा बढी भएमा ‘रेड अलर्ट’ को अवस्था सिर्जना हुने, जसअन्तर्गत कर्फ्यू लगाएसँगै अधिकांश आर्थिक गतिविधिहरू पनि ठप्प हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *