जलपाईगुडीमा मौसम बदली, बाक्लो कुहिरोसहित हल्का वर्षा

जलपाईगुडीमा बुधबार बिहानैदेखि पानी परेको छ । पूरा जलपाईगुडी कुहिरोले ढाकिएको छ। तर, अन्य दिनको तुलनामा आज कुहिरो अलि कम भए पनि चिसो भने बढेको छ । दिन ढल्दै जाँदा वर्षासँगै कुहिरोको तीव्रता पनि बढ्दै गएको छ । मानिसहरु सडकमा छाता लिएर हिडिरहेका देखिन्छन् ।चिया बगानका मजदुर लगायत दैनिक ज्याला मजदुरी गर्नेहरु यो बर्षा, चिसो हावा र कुहिरोका कारण विभिन्न समस्यामा परेका छन् । केही दिनयता जिल्लाको न्यूनतम तापक्रम १२ देखि १४ डिग्रीको आसपास रहेको मौसम पूर्वानुमान महाशाखा स्रोतले जनाएको छ ।