मास्क नलगाउनेहरूलाई चेताउनी

आज प्रशासनद्वारा खरसाङ बजारमा निरीक्षण गरिएको छ । खरसाङ महकुमा शासक एजाज अहमदको अगुवाईमा खरसाङ बजार परिक्रमा गरी मानिसहरूले मास्क लगाएको नलगाएको निरीक्षण गरेका छन् । केही दिन अघि मात्रै खरसाङ महकुमा शासकको पदभार सम्हालेका एजाज अहमदले कोरेना महामारीमा खरसाङ बजारको स्थितिमाथि निरीक्षण गर्दै मास्क लगाउने सबैलाई आग्रह गरेका छन् । उनीसितै खरसाङ पुलिस थानाका आईसी नेबेन्दु सरकार पनि उपस्थित थिए प्रशासनद्वारा आज खरसाङ बजारमा मास्क नलगाउनेहरूलाई सम्झाएर छोड़ी दिएका छन् भने अब अर्कोपल्ट यसरी नै चेकिङमा आउँदा मास्क नलगाएको भेट्टाए पक्राउ गर्ने भनी चेताउनीको साथमा सबैलाई मास्क लगाउने आह्वान गरिएको छ। पुलिस प्रशासनको साथमा खरसाङ महकुमा शासकले खरसाङ बजारको हिल कार्ट रोड, वर्तमान रोड, मन्टिभियट रोड,हाट बजार, पंखाबारी रोड क्षेत्र लगायत खरसाङ बजारको सबै क्षेत्रहरूमा मानिसहरुले मास्क लगाएको नलगाएको चेक गरिएको छ । मास्क नहुने र मैला मास्क हुनेहरूलाई प्रशासनद्वारा मास्कहरू पनि वितरण गरिएको छ । प्रशासनद्वारा सबैलाई सठीक तरिकाले मास्क लगाउने आह्वान् गर्नुको साथै दोकानतिर भीड़भाड़ नगर्ने र सामाजिक दुरीको नियमलाई पालन गरिदिने सबैलाई आह्वान गरेका छन् । यस अवसरमा खरसाङ महकुमा शासक एजाज अहमदले पत्रकारहरूसित कुराकानी गर्दै आज खरसाङ बजारमा केविडको नियमलाई पालन गरिएको छ वा छैन भन्ने विषयमा चेकिङ गरिएको साथै कोविडको नियमलाई पालन गराउन यो अभियान गरेको बताएका छन् । उनले हिलमा कोविडको केश बढिरहेको कारणले गर्दा यो अभियान थालिएको बताउँदै यो अभियान लगातार रुपमा चल्ने जबसम्म कोविडको संख्या कम हुँदैन भनी बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *