भारतको प्रमुख टेलिकम अपरेटर वी-ले आफ्नो फ्यामिली पोस्टपेड प्लानमा नयाँ एड-अन सुविधा सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत ग्राहकले आफ्नो फ्यामिली प्लानमा अधिकतम आठजना सेकण्डेरी सदस्यहरूलाई केवल रु 299 प्रति सदस्य गरेर थप्न सक्नेछन्। यसले ग्राहकहरूलाई वी एपमार्फत आफ्नो जारी फ्यामिली प्लानमा सदस्य थप्ने सजिलो उपाय प्रदान गरेर सबै सदस्यहरूलाई उत्कृष्ट लाभहरूको आनन्द लिने अनुमति दिँदछ।
वी-को नयाँ एड-अन सुविधाले प्लानमा सामेल प्रत्येक सदस्यलाई 40 जीबी उच्च गतिको मासिक डेटा उपलब्ध गराउँछ। रु 299 मा प्रत्येक सदस्य सामेल हुने यो सेवा बजारको सबैभन्दा प्रतिस्पर्धात्मक विकल्पहरूमध्ये एक हो जसले उत्कृष्ट मूल्य र सहजता दिन्छ। सिङ्गल बिलिङ, व्यक्तिगत डेटा वितरण र उल्लेखनीय खर्च वचतमार्फत वी-का फ्यामिली पोस्टपेड प्लानले एकाउण्ट व्यवस्थापनलाई सजिलो बनाउँछ। यस नयाँ सुविधाले भारतीय परिवारहरूको बदलिँदो आवश्यकताहरूलाई पूरा गर्दै व्यावहारिक र लक्ष्यमुखी समाधानहरू प्रदान गर्ने वी-को प्रतिबद्धतालाई अझ बलियो बनाउँछ।
