भारतको अग्रणी दूरसञ्चार सञ्चालकहरूमध्ये एक वोडाफोन आइडियाले बढ्दो साइबर जोखिमहरूमाझ आफ्नो नेटवर्क सुरक्षालाई दहिलो गर्ने उद्देश्यले नेटगार्ड एण्डपाइण्ट डिटेक्शन एण्ड रेस्पन्स (ईडीआर) प्रणालीलाई तैनाथ गर्नको निम्ति नोकियासँग साझेदारी गरेको छ।
यो पहलले सम्पूर्ण भारतमा सबै उपभोक्ता अनि उद्यमी ग्राहकहरूलाई कवर गर्नेछ। नेटगार्ड ईडीआर, एक स्पष्ट खतरा चिह्नित सूट, वोडाफोन आइडियाको मुख्य नेटवर्कमा एकीकृत गरिनेछ। यसले वास्तवित समय, स्वचालित निगरानी प्रदान गर्नेछ। यो एण्डपोइण्टसँग सम्बन्धित सुरक्षा घटनाहरूलाई तीव्रसँग पत्तो लगाउन अनि त्यसलाई कम गर्नमा सक्षम हुनेछ।
यसले गर्दा सुरक्षा ग्यापहरू कम गर्दछ, व्यापक परीक्षणको आवश्यकतालाई कम गर्दछ, र परिचालन लागतहरू अनुकूलन गर्दछ। वोडाफोन आइडियाका मुख्य प्राविधिक अधिकारी जगबीर सिंहले कम्पनीको उपलब्धिहरूमाथि प्रकाश पार्दै भने, हामीले नोकियासँगको यस यात्रालाई अँगालेका छौं। हामी लचिलो अनि डिजिटल परिवर्तनको बढ्दो सुरक्षा जोखिम लगायत निरन्तर बढ्दो मागहरूलाई समर्थन गर्नमा सक्षम नेटवर्क बनाउनमा ध्यान केन्द्रित गरिरहेका छौं।