वीआईका नयाँ आईआर प्याकहरू : आध्यात्मिक यात्रा अवधि सम्पर्कमा रहने हज तीर्थयात्रीहरूको जीवन रेखा

किफायती अन्तर्राष्ट्रिय रोमिङको बढ्दो मागलाई सम्बोधन गर्न वीआई (वोडाफोन आइडिया) ले हजका लागि सउदी अरबिया जाने भारतीय तीर्थयात्रीहरूका लागि विशेष रूपमा तयार पारिएको आफ्नो उद्योग-पहिलो अन्तर्राष्ट्रिय रोमिङ (आईआर) प्याकहरू प्रस्तुत गरेको छ। यो वर्ष भारतीय यात्रीहरूको तीर्थयात्रा कोटा 1,75,000 भन्दा अधिक पुगेपछि वीआईका नयाँ आईआर प्याकहरूले तीर्थयात्रीहरूलाई आफ्ना परिवार र साथीहरूसित सम्पर्क बनाइराख्न महत्त्वपूर्ण भूमिका खेल्नेछ। 20 दिनका लागि केवल रुपियाँ 1199 देखि आरम्भ हुने प्याकहरूले असीमित इनकमिङ कलहरू, डेटा र नि:शुल्क आउटगोइङ मिनटहरू प्रदान गर्दछ। यसो हुँदा यात्रीहरूलाई उच्च रोमिङ शुल्कको डरबिना सम्पर्कमा रहन सजिलो बनाउँछ।

यी आईआर प्याकहरू प्रीपेड र पोस्टपेड दुवै ग्राहकका लागि उपलब्ध छन् र 20 तथा 40 दिनको लचिलो विकल्पहरूसित उपलब्ध छन्। यसमा प्रशस्त डेटा सुविधा र निःशुल्क आउटगोइङ मिनटहरू समावेश छन्। उदाहरणका लागि रुपियाँ 1199 को प्रीपेड प्याकमा 2 जीबी डेटा र 150 मिनट आउटगोइङ कल सुविधा उपलब्ध गराइन्छ।

हज यात्राका लागि जान चाहने धेरै यात्रीहरू बसोवास गर्ने स्थानहरूमा वीआईका यी सेवा प्रस्तावहरूले गहिरो प्रभाव पार्ने विश्वास गरिएको छ। तीर्थ यात्रा गर्नेको सङ्ख्यामा वृद्धि भइरहेको वर्तमान अवस्थामा यी किफायती र भरपर्दो आईआर प्याकहरूले तीर्थयात्रीहरूलाई आफ्नो आध्यात्मिक यात्राभरि आफ्ना प्रियजनहरूसित सम्पर्क सुनिश्चित गरेर उत्कृष्ट समाधान प्रदान गर्नेछ।

By Business Bureau