विराट कोहली अब भारतीय टि२० को कप्तानबाट आउट!

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली टि२० क्रिकेटमा कप्तानको भूमिकामा नदेखिने भएका छन्। उनी आज नामिबियासँग हुने आइसिसी टि२० विश्वकप २०२१ को सुपर १२ को खेलमा अन्तिमपटक कप्तानको भूमिकामा देखिनेछन्।

भारतले आज नामिबियासँग सुखद अन्त्यका लागि मात्रै खेल्दैछ । दुवै टोली यो प्रतियोगिताबाट बाहिरिसकेका छन्। प्रतिष्ठाको लडाईंमात्रै दुवै टोलीको अन्तिम विकल्प हो।

विश्वप्रख्यात भारतीय ब्याटसम्यान कोहलीको टि २० मा कप्तानी यात्रा आजबाट सकिने भएको हो। उनले महिनादिनअघि यो प्रतियोगितापछि टि२० को कप्तानी छाड्ने घोषणागरेका थिए। झनै प्रतियोगितामा शर्मनाक हार व्यहोरेपछि उनको मनस्थिति फर्कने देखिदैन।

कोहलीले आइपीएलमा पनि कप्तानी त्यागिसकेका छन्। आफ्नो प्रदर्शनमा ध्यान दिन उनले कप्तानी छाड्ने निर्णय गरेको यसअघि विभिन्न सञ्चारमाध्यममा समाचारहरु आइसकेका छन्। तर खेल भने उनले सबै खाले प्रतियोगितामा खेल्नेछन्। टेस्टमा भने कप्तानी गर्नेछन्।

कोहलीले २०१७ देखि भारतीय टि२० टोलीको कप्तानी सम्हालेका थिए। । उनकोे कप्तानीमा भारतले ४९ टि२० आई खेलमा २९ मा जित र १६ मा पराजित भएको छ । समान दुई खेल बराबरी र २ खेल नतिजाविहीन छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *