त्रिपुरामा हिंसात्मक झडप, पूर्व मुख्यमन्त्री विप्लव देवको घरमा ‘आक्रमण’

त्रिपुराका पूर्वमुख्यमन्त्री विप्लव देबको पुर्ख्यौली निवास गोमती जिल्लामा मङ्गलबार भाजपा र सीपीआईका अनुयायीहरूबीच चर्को झडप भएको छ ।

गोमती जिल्लाका एसपी अजित प्रताप सिंहले बुधबार अवस्था सामान्य रहेको बताए । उनले घटनामा कुनै साम्प्रदायिक कोण नदेखेको पनि बताए ।

झडपका क्रममा तीन पसल र केही सवारी साधनमा क्षति पुगेको उनले बताए । प्रहरीले तत्कालै घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिएको थियो । दुई एफआईआर दर्ता गरेपछि एक जनालाई पक्राउ गरिएको छ र अन्य सात जनालाई सोधपुछका लागि हिरासतमा राखिएको छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *